ज्योति पौडेलको खण्डकाव्य “अस्मिताको लुट” विमोचित

बिजनेसपाटी २० भदौ

गितकार तथा कवि ज्योति पौडेलको नयाँ खण्डकाव्य “अस्मिताको लुट” को विमोचन भएको छ । राष्ट्रकवि माधव घिमिरेको प्रमुख आतिथ्यमा लैनचौर स्थित उहाकै निवासस्थानमा एक समाहरोहका विच उक्त खण्डकाव्यको विमोचन स्वयं राष्ट्रकविले गर्नु भएको थियो । आफ्नै कान्छी छोरी ज्योतिको कृति विमोचन गर्न पाउदाको हर्ष ब्यक्त गर्नु भयो । नेपाली साहित्य प्रति आफ्ना सन्ततीहरूको लगाव प्रति खुसी व्यक्त गर्दै आफ्ना ६ वटि छोरी तथा दुइवटा छोरालाइ हुर्काउदा र फुर्क्याउदाका संस्मरणहरू असाध्यै स्मरण योग्य रहेको वताउनु भयो । नेपाली साहित्यमा असाध्यै रूचि राख्ने छोरी ज्योतिले प्राय समाजमा घटिरहने घटनालाइ साहसका साथ “अस्मिताको लुट” मार्फत प्रस्तुत गरेको र समाजमा ठुलो विकृतिको रूपमा रहेको यौन हिंसालाइ यस खण्डकाव्यले छर्लङ्ग पारिदिएको वताउनु भयो । कान्छी छोरीले यस्तो जल्दो वल्दो बिषयलाइ सरल किसिमले प्रश्तुत गरेकोमा प्रसन्नता व्यक्त गर्नुभयो । एउटै विषयमा विभिन्न पात्रहरूद्वारा गरिएका कुकृत्यहरुलाई मार्मिक ढंगले व्यक्त गरेको वताउदै शव्द चयन सरल र सटिक हुनुका साथै उनको लेखन शैली क्रमस निखारिदै गएको वताउनु भयो । विमोचन समाहरोहको सभापतित्व नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ, प्रा. डा. उषा ठाकुरले गर्नुभएको थियो ।

उहाले कृतिको विवेचना गर्दै पुस्तकको विषय वस्तु नेपाल भित्र मात्र घटने घटना नभै विश्व व्यापी घटना भएको वताउनु भयो । उहाले धेरै घटनाका पात्रहरुमा पिडितका आफ्नै अभिभावकहरु भएको र कृतिकारले यसमा समस्या मात्र नदेखाएर समाधानको उपाय पनि वताएको कुरा प्रष्टाउनु भयो । समारोहमा स्वागत मन्तब्य दिदै स्रष्टा ज्योति पौडेलले यौन हिंसा संसारभरी फैलिएको महारोग हो र रोग लाग्नु अगाडिनै यसको रोकथाम गर्नु अत्यन्त जरुरी भएको बताउदै यस खण्डकाव्यले समाजमा सचेतना ल्याउन सक्ने कुरामा आफु आसबादी छु भन्नुभयो । कृति समिक्षकहरूमा सह प्रा. उषा अधिकारी र साहित्यकार तथा समालोचक वालाकृष्ण अधिकारी रहनु भएको थियो । पुस्तकको समिक्षा गर्ने क्रममा वक्ता सह प्राध्यापक उषा अधिकारीले यो रचना अध्योपान्त पढ्दा यो काव्यिक रचना मात्र नभएर खोजमुलक कृति हो जस्तो लाग्छ र ज्योतिले सवैले देखे वुझेको खुला तर गोप्य राख्न चाहने विषयलाइ रोजेर अरू भन्दा भिन्न र साहसी काम गरेकी छन् भन्नु भयो । यसै गरी समालोचक तथा साहित्यकार बालाकृष्ण अधिकारीले कोमलमना कवि ज्योतिले यस किसिमको प्रखर र कडा विषयको प्रस्तुती कसरी गरिन भन्दै आफू झसंङ्ग भएको वताउनु भयो ।

उहाले पहिले त पुरूष वर्गलाइ औलाइएको विषयलाइ स्विकार्न गाह्रो भएको तर पढ्दै जादा आफूपनि कुनै न कुनै रूपमा एउटा पात्रनै हुँ कि जस्तो लागेको वताउदै त्यस्ता वर्गलाइ सचेत गराउन यो खण्डकाव्य पुर्ण रूपमा सफल रहने आशा व्यक्त गर्नुभयो । कार्यक्रममा उपस्थित सवैलाइ धन्यवाद ज्ञापन गर्दै डा. किरण रेग्मीले आफू स्वयं डाक्टर भएको र यस्ता घटनाको जाँच गर्दा आफुलाइ समेत खुला रूपमा व्यक्त गर्न असजिलो पर्ने विषय वस्तुलाइ ज्योतिले कविताको रूपमा साहशका साथ सरल रुपमा व्यक्त गरेर अत्यन्तै प्रशंसनिय कार्य गरेको वताउनु भयो। कार्क्रमको संचालन शान्ति अधिकारीले गर्नु भएको थियो । बद्री पौडेलद्वारा प्रकाशित “अस्मिताको लुट” ज्योति पौडेलको नवौ कृति हो । यस अघि पौडेलका मन त मेरो स्वदेशमै, आमा, प्रभाव, आकर्षण, ज्योतिका गीतहरु लगायतका गिति एल्वम तथा पुस्तक हरू प्रकाशित भै सकेका छन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया