ज्योति—रियाको युएई धमाका

युएई ४ बैशाख ।
नयाँ वर्ष २०७४ सालको अवसर पारेर युएईमा २ वटा कार्यक्रम सम्पन्न भएका छन् । नेपालमा कलाभन्दा पनि अङ्ग प्रदर्शन गरेर बढी विवादास्पाद बनेका दुई कलाकार ज्योति मगर र रिया श्रेष्ठले कार्यक्रममा धमाका मच्चाएका हुन् । लिःल फङ घले समाज युएईले नयाँ वर्ष सांगीतिक धमाका २०७४ कार्यक्रम आयोजना गरेर ज्योति मगरलाई स्टेजमा उतारेको थियो भने काभ्रे समाज युएईले रिया श्रेष्ठलाई ।

दुवै कार्यक्रममा दर्शकहरू भरिभराउ थिए । दर्शकहरूमा युएईमा सामाजिक छवि बनाएका सामाजिक अभियन्तादेखि राजनीतिक पार्टीका सदस्यसमेत उपस्थित देखिन्थे । गत हप्ता मात्र बालबालिकाहरूको शिक्षाका लागि भन्दै हेमन मोक्तान फाउन्डेसनले आयोजना गरेको यस्तै साँस्कृतिक कार्यक्रममा एक सय दर्शक नपुगेर आयोजकलाई हैरान भएको दुबईमा सोही हलमा हिजो रिया श्रेष्ठलाई हेर्नेको भीड निकै जमेको थियो ।

त्यसो त यी दुई कलाकारबाहेक अन्य राष्ट्रिय स्तरका कलाकारहरू रीता केसी, विश्व दोङलगायतका कलाकारहरू पनि स्टेजमा जमेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया