ज्योति विकास बैंकको नयाँ शाखा सल्यानको कपुरकोटमा

बिजनेसपाटी २१ मंसीर ।

ज्योति विकास बैंकले सल्यान जिल्लाको कपुरकोटमा नयाँ शाखा संचालनमा ल्याएको छ । कपुरकोट गाउँपालिका वडा नं ३, सल्यानमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति कपुरकोट गाउँपालिका अध्यक्ष भिम बहादुर सेन तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच मंसिर २१ गतेका दिन संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।

हाल बैंकले ८० वटा शाखा कार्यालय तथा २२ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप १० वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजार भन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.५० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ती गरी एककृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया