ज्योति विकास बैंकको १४औँ वार्षिक साधारण सम्पन्न,चुक्ता पुँजी ४ अर्ब नाघ्यो

काठमाडौं २३, पुस २०७८ । ज्योति विकास बैंकको १४ औं वार्षिक साधारण सभा पुष २३ गते शुक्रबार नक्साल, काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादको अध्यक्षतामा सम्पन्न भएको छ। साधारणसभाले गत आर्थिक वर्षको  मुनाफबाट प्रस्तावित लाभांश पारित गरेको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन पनि पारित गरेको हो ।  बैंकको सञ्चालक समितिले सेयर धनीहरूलाई हाल कायम भएको चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा ४.५ प्रतिशत नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको थियो । बैंकले ११ प्रतिशत बोनश सेयर पारित गरेपश्चात् बैंकको चुक्ता पूँजी  ४ अर्ब २६ करोड पुगेको छ।

साथै, बैंकको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०७८ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । यस्तै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले साधरण सभाको अवसरमा तम्घास, मुर्गिया र टाँडी गरि ३ नयाँ शाखा कार्यालयहरूको उद्घाटन पनि गरेको छ ।

साधरण सभाको अवसरमा बैंकले तम्घास, मुर्गिया र टाँडी स्थित थप ३ नयाँ शाखा कार्यालयहरुको उद्घाटन पनि गरेको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष हरि प्रसादले डिजिटल प्रविधि मार्फत क्रमश: माथि उल्लेखित बैंकको १०६ औं, १०७ औं र १०८ औं शाखाको उद्घाटन गर्नुभएको थियो। यस पश्चात उपत्यका र उपत्यकाबाहिर गरी बैंकका शाखा कार्यालयहरुको संख्या १०८ पुगेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया