झरी मौसमका कारण अन्तर्राष्ट्रिय उडान प्रभावित

काठमाडौं–१७ असार

काठमाडौंका मौसम प्रतिकुल भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन्। राजधानीमा विहानैदेखि परेको वर्षाका कारण भिजिलिटी कम भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो।

विमानस्थलको मौसम प्रतिकुल भएपछि एअर अरेवियाको विमान अवतरणमा समस्या भएपछि भारतको  लखनउ पठाइएको छ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ। यसैगरी चीनकाे ग्वान्जाअाेबाट अाएकाे  एअर चाइनको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकिएपछि ल्हासा पठाइएको नागरिक उड्यान प्राधिकरणले जनाएको छ। आन्तरिक उडान भने नियमति भइरहेको प्राधिकरणले जनाएको छ। यसैबीच माैशममा खरावी अाएपछि पाेखरा विमानस्थल बन्द गरिएकाे  छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया