झाट्न न र्झिर्टगर (कविता)

–वैरागी जेठा

हिला विचारहरू

कच्चा भूमिहरू

बगिरहेछन् जोगिमाराझैँ

हामीलाई तिनैले लिपीरहे

गुनासाका छालहरू उर्लिरहे

अश्वारोहीहरू

झम्टिरहेछन्

हरपल

हामीलाई थाहा छैन

झाट्न न झर्टिगरले

खेदेका समयहरू

आधा युगका अनुभवहरू

आकाशका श्यामहरूझैँ

रोइरहेका छन् तपतप

हुरी बेजोडले चल्छ

लडाइँहरूका कथाहरू

मान्छे जीविकोपाजर्न गर्न चाहन्छ

वर्तमान रोक्छ

प्रयोग गरिएका छौँ

ऊ, तिनी , तँ , हामीहरू

अर्काको शिकार खेल्दा खेल्दै

नयाँ ढङ्गले

शिकारी बनेका छौँ

शत्रुहरू कैल्यै पराजय हुँदैनन्

हामी सामू

घरीघरी ठेसलगाउँदै

जालमा हालीहाल्छ

शासकले असल मानिदिएपछि

लाटाकोशेराहरूको के अर्थ

त्यो युग

यो युग

काकाकुलझैँ तड्पिरहेछ

म, उदास भएकै हैन

विशाल हृदयको आरन

निरन्तर बाल्दै

टाकुराझैँ अग्लिएको छु

विचारको अँगेनामा उभिएर

म , हामी तातीरहेछौँ

गणतन्त्रको उपहार

दाश रहेछ

प्रजातन्त्रको हिमाल बोकेर

हामी मानव हुन सकेनौँ

रगत ,पसिनाहरू धेरै बगे

गंगा भएर

एउटी चरीले सुसेल्न नपाउँदै

चरीसँगै हामीपनि छटपटाइरहेका छौँ

शिकारी गर्व गर्छ

मलाई घिन लाग्छ

एक गाँस माग्दा माग्दै विशाल जात्रा प्रदर्शन भएकोछ

दाँत फुक्लेझैँ ,कुर्सीबाट

फुक्लिएकाहरू केके भन्छन् भन्छन्

शक्ति अनेकन

पेट चाउरिएर

मूर्दाझैँ ढल्ने स्थिति छ

तरुलताहरू

हात थापिरहेछन्

चाउरी परेको गणतन्त्र

पटक्कै आँखा खोल्दैन

झाँट न झर्टिगरहरू

पैदल यात्रीलाई धकलेर

दिउँसै अपराध गर्छन्

हरेक आँगन

हरेक दैलाहरू

लिप्ने छैनन्

भाषामा नियम लाग्दैन

तन्त्रका आँखाहरू डुलिरहेछन्

मान्छे विश्वास गर्दैन

फेसबुकबाट तपाईको प्रतिक्रिया