झापाको चन्द्रगढीमा नेपाल लाइफ इन्स्योरेन्सको शाखा
काठमाडौं,३ मंसिर ।
झापाको चन्द्रगढीमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो उपशाखा सञ्चालनमा ल्याएको छ । आइतबार उक्त उपशाखाको बीमा समितिका कार्यकारी निर्देशक श्रीमान कार्कीले उद्घाटन गरे ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत विवेक झाले कम्पनीले बजार विस्तार रणनीति अन्तर्गत नयाँ शाखा तथा उपशाखा कार्यालय विस्तार गर्दै जाने बताए ।
बीमा क्षेत्रमा काम गर्ने अभिकर्ताहरुलाई समाजले हेर्ने दृष्टिकोण नकारात्मक रहेकाले यसलाई यो समाजमा अन्य पेशा जस्तै अभिकर्ताको पेशामा आवद्धलाई समाजमा स्थापित गराउनु पर्ने धारणा व्याख्त गरे ।
कम्पनीका अभिकर्ता र कर्मचारीले बीमितको हितलाई ध्यानमा राख्दै बीमितको प्रतिफल बृद्धि तथा दिगो बिकासमा ध्यान दिएको झाले बताए ।
कम्पनीको चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल बीमा शुल्क आर्जन तीन अर्ब ८० करोड रुपैयाँ छ । त्यस्तै कम्पनीको खुद नाफा गत वर्षको सोही अवधिको भन्दा तीन गुणाले बढेको कम्पनीले जानकारी दिएको छ। कम्पनीका अनुसार तीन महिनामा कम्पनीले १७ करोड ७५ लाख रुपैयाँ नाफा गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया