टर्कीमा सैन्य कु, ४२ जनाको मृत्यु (फोटोमा हर्नुस कु )

एजेनसी 

काठमाडौँ १ श्रावण

टर्कीमा शुक्रबार राति सेनाको एक समूहले राज्य सत्ता हातमा लिएको छ । लगतै सर्वसाधारणहरु सडकमा ओर्लिएका छन् । अहिले टर्कीको प्रमुख सहरमा जताततै सेना परिचालन गरिएको छ । अहिले सैन्य कू भएपछि राष्ट्रपति रेसेप तैयप एर्डोगान स्तानबुल उडेका छन् । राष्ट्रपतिलाई उनका समर्थकले घेरेका छन् । उनले प्रजातन्त्रका पक्षमा सडकमा उत्रिन टर्कीका जनतालाई आह्वानसमेत गरे । बिद्रोही सैनिकहरुको समूहको कुको बिपक्षमा रहेका सैनिक जर्नेललाई समेत नियन्त्रणमा लिएर सेनाको कमाण्ड आफ्नो हातमा लिएको बताइएको छ । प्रधानमन्त्री र राष्ट्रपतिले सत्ता आफ्नो हातमै रहेको भनेपनि सडकमा तैनाथ ठूलो संख्याका सैनिकले मुख्य सामरिक स्थान नियन्त्रणमा लिएका छन् । स्तानबुल बिमानस्थलका सवै उडान रद्द गरी बिमानस्थल बन्द गरिएको छ । अहिलेसम्म ४२ जना भन्दा बढीको मृत्यु भैसकेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको छ ।

turkey7 turkey6
turkey4 turkey3

फेसबुकबाट तपाईको प्रतिक्रिया