टुरिजम डेभलपमेन्ट बैंकलाई दुइ अवार्ड

बिजनेसपाटी ११ पौष

एक्सिलेन्स एण्ड लिडरसिप अवार्ड २०१७ र बेष्ट इम्प्लोयर ब्राण्ड अवार्ड २०१७ बाट टुरिजम डेभलपमेन्ट बैंक सम्मानित भएको छ। बैंक वल्र्ड एचआरडी कंग्रेस, इम्प्लोयर ब्राण्डिङ्ग इन्सिटियूट, सीएमओ एवं स्टार्स अफ द इन्डष्ट्री ग्रुपले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा विकास बैंक समूहबाट सो अवार्ड पाउन सफल भएको हो।

विशेष कार्यक्रममा अर्थ राज्यमन्त्री उदयशमशेर जबराले अवार्ड हस्तान्तरण गरेका थिए। विजेताहरुको छनौट सहभागी संस्थाहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा गरिएको थियो । यस सम्मानबाट बैंकलाई हौसला प्राप्त हुनुका साथै भविष्यमा अझ राम्रो गर्नलाई थप प्रेरणा मिलेको बैंकले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया