टुरिस्ट भिसामा खाडी जान नपाइने

काठमाडौं, २३ चैत ।

गृह मन्त्रालयले पर्यटक प्रवेशाज्ञा (भिजिट भिसा)मा खाडी क्षेत्रका देशहरु जान रोक लगाएको छ । मानवतस्करले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन, प्रहरी र विभिन्न एयरलाइन्सका कर्मचारीलाई आर्थिक प्रलोभन (सेटिङ)मा पारी भिजिट भिसामा खाडी मुलुक पठाएको गुनासो आएपछि गृहले भिजिट भिसामा कसैलाई पनि खाडी मुलुक नपठाउन अध्यागमन विभागलाई निर्देशन दिएको हो ।

आजको अन्नपूर्ण पोस्टमा खबर छ– खाडी मुलुकमा नेपाली कामदारको अवस्था बुझेर फर्किएको संसदीइ समितिले अवैध रुपमा नेपाली महिलालाई खाडी मुलुकमा पठाउन विमानस्थल अध्यागमनका कर्मचारीको प्रत्यक्ष मिलेमतो देखिएको दाबी गरेपछि गृहले भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको हो ।

अध्यागमन विमागले भिजिट भिसामा खाडी मुलुक जान महिलालाई थप कडा गरेको छ । विमानस्थलस्थित अध्यागमन कार्यालयका कर्मचारीले एक वर्षदेखि नै महिलालाई भिजिट भिसामा खाडी मुलुक जान रोक लगाएको दाबी गर्दै आएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया