टेलिकमको चालु आव २०७७–७८ को तृतीय त्रैमासिक वित्तीय विवरण सार्बजनिक

काठमाण्डौ ३१ बैशाख २०७८ ।
नेपाल टेलिकमले चाल आव २०७७–७८ को तृतीय त्रैमासिक वित्तीय विवरण सार्बजनिक गरेको छ ।

टेलिकमको आ.व.२०७७-७८ को तृतीय त्रैमासिक वित्तीय विवरणको सारांश यस्तो छ ।

१.चालु आ.वको प्रथम र द्वित्तीय त्रैमासिकमा कुल सेवा वापतको आय क्रमशः रु. ८,६३,५३,४०,०४१ र रु. ९,०८,९५,७३,४६२ रहेकोमा चालु आ.व. को तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय द्वितीय त्रैमासिकको भन्दा रु. ६३,६८,६५,९९७ (७ प्रतिशत) ले वृद्धि भई रु. ९,७२,६४,३९,४५९ रहेको छ
२. चालु आ.व. को प्रथम र द्वितीय त्रैमासिकमा खुद मुनाफा क्रमशः रु. १,५१,७७,६९,३८१ र रु. १,७७,१६,२५,०७९ रहेकोमा चालु आ.व. को तृतीय त्रैमासिक अवधिमा खुद मुनाफा द्वितीय त्रैमासिकको भन्दा रु ८२,३४,५२,३७० ले वृद्धि भई रु. २,५९,५०,७७,४४९ रहेको ।
३.गत आ.व. को तृतीय त्रैमासिक सम्मको कुल सेवा वापतको आय रु. २६,८३,६६,४५,२७२ रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल सेवा वापतको आयमा २.२९ प्रतिशतले वृद्धि भई रु.२७,४५,१३,५२,९६१ रहेको छ।
४. गत आ.व. को तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय रु. ८,७९,७०,६९,१८३ रहेकोमा चालु आ.व. को तृतीय त्रैमासिक अवधिमा कुल सेवा वापतको आय रु. ९२,९३,७०,२७६ ले वृद्धि भई रु. ९,७२,६४,३९,४५९ रहेको छ।
५.गत आ.व. को तृतीय त्रैमासिक सम्मको कुल आय रु ३२,२७,२३,२३,०४६ रहेकोमा चालु आ.व. को सोही अवधिमा कुल आय रु ३१,६७,३७,७३,९३७ रहेको तथा गत आ.व. को तृतीय त्रैमासिक सम्मको खुद मुनाफा रु ७,५६,५५,१५,३८० रहेकोमा चालु आ.व. को सोही अवधिमा खुद मुनाफा रु ५,८८,४४,७१,९०९ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया