टेलिकमको हयाप्पी लर्निङ प्याक सार्वजनिक

काठमाण्डौ ३ भदौ २०७७ ।

विधार्थीहरुलाई लक्षित गर्दै नेपाल टेलिकमले पठनपाठनमा उपयुक्त हुने ह्याप्पी लर्निङ प्याक सार्वजनिक गरेको छ । आज कुसे औंसीको अवसर पारेर टेलिकमले सो प्याक ल्याएको हो ।

टेलिकमले सो प्याकेज अन्तर्गत ३१५ मा २४ जीबी र रु. ५०० मा ३५ जीबी डाटा उपलब्ध हुने जनाएको छ । २४ जीबी डाटामध्ये २० जीबी डाटा जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ४ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न सकिने टेलिकम जनाएकोछ । यसैगरी ३५ जीबी डाटामध्ये ३० जीबी डाटा माथि उल्लिखित जुम, माइक्रोसफ्ट टिम्स र गुगल मिटमा ई–लर्निङ एप्लिकेसन प्रयोग गर्नका लागि र बाँकी ५ जीबी डाटा अन्य कुनैपनि एप्लिकेसन प्रयोग गर्न उपयोग गर्न सकिने ।टेलिकमले यी दुवै प्याकेजको समयावधि २८ दिनको हुने जनाएको छ ।

प्याक प्रयोग गर्न शैक्षिक संस्थाहरुले आफ्ना शिक्षक र विद्यार्थीहरुको नेपाल टेलिकमको मोबाइल नम्बर सहितको नामावली कम्पनीले उपलब्ध गराएको इमेल ठेगाना edupack@ntc.net.np मा पठाउनु पर्नेछ ।   कम्पनीले एसएमएसमार्फत सन्देश पठाएर सीफारिश प्राप्त भएका नम्बरहरुलाई प्याकेज खरिद गर्न सुचना दिनेछ । एसएमएस प्राप्त भएपछि तिनै नम्बरहरुबाट *1441# डायल गरी उपलब्ध दुईमध्ये कुनै एक छनौट गरी प्याकेज खरिद गर्न सकिने टेलिकमले जनाएको छ ।

ह्याप्पी लर्निङ प्याक टेलिकमले प्रदान गर्ने जीएसएम मोबाइल (टुजी, थ्रिजी र फोरजी) को डाटा सेवामार्फत प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया