टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

काठमाडौँ २४ साउन २०८० ।

नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको टेलिकमले जानकारी दिएको छ।

टेलिकमले सिरियल नम्बर  ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड  खरिद बिक्री नगर्न वितरक र  ग्राहकलाई अनुरोध गरेको छ।

ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न ‍नेपाल ‍टेलिकमले अनुरोध गरेको छ।  

नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दुई साताअघि काठमाडौंबाट भैरहवा लैजाने क्रममा कार्ड हराएको बताए।

हराएका कार्डमा पैसा नहुने भएकाले कसैले पनि ती कार्ड नकिन्न उनले अनुरोध गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया