टेलिकमले झण्डै ८ अर्ब नगद लाभांस बाड्ने, सर्वसाधारण के-कति पाउलान् ?

बिजनेसपाटी ८ फागुन

अधिक चुक्तापूँजी भएको नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आफ्ना सेयरधनीलाई सबैभन्दा धेरै रकमको लाभांस बाड्ने भएको छ । कम्पनीले गत वर्षको कमाईबाट  ७ अर्ब ६५ करोड लाभांस अर्थात्  चुक्ता पुँजीको ५१ प्रतिशत नगद लाभांस बाड्ने भएको छ ।

 यहि फागुन ३० गते कम्पनीले लाभांस लगायतका प्रस्ताव पारित गर्न नवौ बार्षिक साधारणसभा राखेको छ । टेलिकमले फागुन १५ देखि ३० गतेसम्म साधारणसभा प्रयोजनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ ।  फागुन १२ गतेसम्म कम्पनीले प्रदान गर्ने नगद लाभांशको हकदार बन्न सेयर किनिसकेको हुनुपर्नेछ ।

कम्पनीले गत आर्थिक बर्षमा ११ अर्ब ५२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो। त्यसबाट कम्पनीले सात अर्ब ६५ करोड रुपैयाँ लाभांश वितरण गर्न लागेको हो।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया