टेलिकमले मनायो १५ औं स्थापना दिवस

काठमाडौं माघ २७
विजनेशपाटी ÷ नेपाल टेलिकमले आफ्नो स्थापनाको १५ औं बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माघ २६ गते शनिवार बागमती सरसफाइका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । बागमती सफाई महाअभियान आरम्भ भएको ३००औं हप्ता पुगेको अवसरमा मनोहरा दोभानमा आयोजित विशेष कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका प्रमुख आशीष घिमिरेलाई सफाइ सामग्री हस्तान्तरण गर्नुभएको थियो ।।
सोही अवसरमा बागमती सफाई महाअभियानलाई सफल बनाउन नेपाल टेलिकमले गरेको योगदानप्रति उच्च कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि एवम् परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले कम्पनीका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई प्रदान गर्नु भएको छ ।
सरसफाई अभियानमा प्रयोग गर्न कम्पनीको लोगो अंकित १२५ थान वाटरप्रुफ ट्रयाकसुट, ४ सय जोर गमबुट, १ सय थान फोहोर तान्ने सुइरो, ५० थान दाँते, ४ सय जोर बाक्लो पञ्जा, १ सय थान डोको÷थुन्से, ५ सय थान मास्क र ५ सय थान कम्पनीको लोगो अंकित क्याप उपलब्ध गराइएको थियो ।
नेपाल टेलिकमले बागमती सफाई महाअभियान शुरु भएको दोस्रो हप्ता देखि नै हरेक हप्ता समूहगत रुपमा आप्mना ग्राहकहरूलाई सफाई सहभागी हुन कम्पनीको तर्फबाट निःशुल्क एसएमएस पे्रसित गर्दै आएको छ । २०७० जेठ ५ देखि हरेक हप्ता बागमती सफाई महाअभियान सञ्चालन भइरहेको छ । भने नेपाल टेलिकमले माघ २२ गतेलाई आफ्नो स्थापना दिवसको रुपमा मनाउदै आएको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यद्धारा जारी विज्ञाप्तिमो जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया