टोखामा सेञ्चुरी बैंकको एक्सटेन्सन काउन्टर
बिजनेसपाटी १० चैत्र
काठमाडौंको टोखामा सेञ्चुरी कमर्सियल बैंकले एक्सटेन्सन् काउन्टर संचालनमा ल्याएको छ । बैंकले राजस्व संकलन लगायतका काम गर्ने उद्देश्यlले सो काउन्टर संचालनमा ल्याएको हो । आफ्ना सेयर धनीलाई बैंकले १० प्रतिशत बोनस सेयर र ४० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ । सो सम्बन्धमा बैंकले नेपाल स्टक एक्स्चेञ्जलाई समेत जानकारी गराइसकेको छ ।
हाल बैंकले ३१ वटा शाखा, २९ वटा एटिएम, १३ वटा शाखारहित बैंकिङ्ग र ४ वटा एक्सटेन्सन् काउन्टरबाट बैंकिङ सेवा प्रदान गर्दै आएको छ । ४ वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ती गरेपछि बैंकको शाखा संजाल ९० वटा हुनेछन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया