ट्यांकरको पानीले उपत्यकामा हैजा !

काठमाडौं–२० श्रावण

ट्यांकरबाट वितरण गरिएको अत्याधिक प्रदुषित पानीका कारण उपत्यकामा हैजाले प्रकोपको रुप लिएको पुष्टि भएको छ । विगत एक महिनादेखि ललितपुर भक्तपुर र काठमाडौं जिल्लाका विभिन्न स्थानमा फैलिरहेको हैजाको मुख्य कारण दिसा मिश्रति प्रदुषित पानी कोलिर्फम भएको स्वास्थय सेवा विभाग महामारी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

हैजाका संक्रमितले पिउँदै आएको पानीको नमुना टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जाँच गर्दा करिब ६० प्रतिशत भएको फेला परेको छ । महाशाखा, जिल्ला जनस्वास्थ्य कार्यालय र जोन हप्किन्स विश्वविद्यालयबाट खतिटएको टोलीले स्थलगत अध्ययनपछि संकलन गरेको १६ वता पानीका नमुना जाँच गर्दा ४६ वटामा कोलिर्फम पाइएको महाशाखाका डा। गुणनिधि शर्माले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया