ट्रकले ठक्कर दिँदा बर्दिवासमा एकको मृत्यु

काठमाडौँ १२ असार-
पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिवासमा ट्रकले एउटा मोटरसाइकलमा ठक्कर दिँदा आज एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा धनुषा जिल्लाको महेन्द्रनगर–२ बस्ने २८ वर्षीय अनिल ढुङ्गेल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
सोही घटनामा परी उनका भाइ २६ वर्षीय सुनिल ढुङ्गेल गम्भीर घाइते भएका छन् भने उनको उपचार लालगढ अस्पतालमा भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताए। आज बिहान २ बजे बा ६८ प ६८७५ नंको मोटरसाइकलमा चढी पूर्वबाट पश्चिमतर्फ गइरहेका दाजुभाइलाई सोही दिशाबाट गइरहेको ना ३ ख ४३७५ नम्बरको ट्रकले बर्दिवास–१ स्थित सडकमा ठक्कर दिँदा दाजुको मृत्यु तथा भाइ गम्भीर घाइते भएको प्रहरी उपरीक्षक भट्टराईले बताए ।
ट्रकको ठक्करबाट गम्भीर घाइते दाजुभाइलाई उपचारका लागि लालगढ अस्पतालमा लगिएकामा दाजुको उपचारका क्रममा मृत्यु भएको तथा भाइको उपचार भइरहेको हो । घटनापश्चात् प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया