ट्रम्पलाई ह्वाइट हाउसमा ओबामाको निम्तो

बिजनेसपाटी २५ कार्तिक

अमेरिकामा नोभेम्बर ८ मा सम्पन्न भएको राष्ट्रपतीय निर्वाचनमा विजयी भएका ह्वाइट हाउसका भावी प्रमुखलाई वर्तमान राष्ट्रपति बाराक ओबामाले आतिथ्य सत्कारका लागि आजै आउन निमन्त्रणा गरेका छन्।

राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणाको ४८ घण्टापछि शान्त र सहज तरिकाबाट सत्ता हतान्तरण गर्ने विषयमा वार्ता पनि गर्न ओबामाले ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पको आतिथ्य सत्कार कार्यक्रमको आयोजना गरेका हुन्।

आगामी जनवरी २० का दिन हुन गइरहेको औपचारिक सत्ता हस्तान्तरण समारोह भन्दा अगाडी निवर्तमान र भावी राष्ट्रपतिकाबीच हुन लागेको यो भेटवार्तालाई स्थानीय सञ्चार माध्यमहरुले अति महत्वका साथ प्रसारण गरिरहेका छन्।

निर्वाचन परिणाम घोषणा भएपछि क्लिन्टनको हारबाट रुष्ट डेमोक्र्याट समर्थक जनताहरु नवनिवार्चित, ७० बर्षीय राष्ट्रपतिको विरोधमा न्युयोर्कदेखि लसएन्जलससम्मका धेरै शहरहरुमा जुलूस प्रदर्शन, नाराबाजी र ठाउँठाउँमा ट्रम्पको पुतला जलाउँदै आक्रोश पोखिरहेका छन्।

यसैबीच नवनिवार्चित राष्ट्रपतिले आफ्ना समर्थकको विशाल सभालाई सम्बोधन गर्दै विजयको औपचारिक घोषणासँगै आफू सम्पूर्ण अमेरिकी नागरिकका लागि राष्ट्रपति हुने कुरा दोहोयाएका छन । रासस/एएफपी

फेसबुकबाट तपाईको प्रतिक्रिया