ट्रम्प जितेपछि पुटिनको यस्तो प्रतिक्रिया

मस्को (रसिया), २५  कात्तिक ।

रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रम्पलाई नयाँ राष्ट्रपतिमा अमेरिकी जनताले निर्वाचित गरेपछि प्रतिक्रिया दिँदै रसिया अमेरिकासँग सम्बन्ध स्थापना गर्न आफ्नो स्थानबाट काम गर्न तयार रहेको बताएका छन् ।

बुधबार रिपब्लिकन नेता ट्रम्पले अमेरिकी निर्वाचनमा डेमोक्रेटिक नेता हिलारी क्लिन्टनलाई पराजित गरेपछि यस विषयमा पहिलो प्रतिक्रिया दिँदै पुटिनले रसिया–अमेरिकाबीचको सम्बन्ध सुधारका लागि काम गर्न कठिन भएपनि सम्वन्ध विस्तारका लागि तयार रहेको बताएका हुन् ।

पुटिनले भने, ‘हामीलाई यो कुरा थाहा छ कि मस्को र वासिङटनबीच सम्बन्ध सुधारका लागि काम गर्ने कुरा कठिन प्रयत्न हुनेछ । यद्यपि नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यस विषयमा इच्छा देखाएमा वर्तमान् समयमा देखिँदै आएको अपकर्षण तथा वक्रपथलाई सुधार गर्न रसिया तयार रहनेछ ।’ एएफपी

 

फेसबुकबाट तपाईको प्रतिक्रिया