ट्रेड यूनियनमा यसरी पनि सच्चा पात्र छायाँमा पर्छन् ( पढ्नुस रामकहानी )

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ-२९ असार

यहि जेठ १९ गते सम्पन्न पहिलो आधिकारीक ट्रेड युनियनको आधिकारीक निर्वाचनमा नेकपा एमाले समर्थित नेपाल निजामति कर्मचारी संगठनले अत्याधिक विजय हासील गर्यो । शान्तीपुर्ण रुपमा सम्पन्न भएको सो निर्वाचनपछि आएर विवादित वनेको छ । निर्वाचन अधिकृतको कार्यलयले दिएको समय सिमाभित्र एमाले समर्थित निजामती कर्मचारी संगठन र माओवादी समर्थित राष्ट्रिय कर्मचारी संगठनले अझै पनि आफ्ना पदाधिकारीलाइ छान्न सकेका छैनन् ।

अत्याधिक वहुमत प्राप्त नेपाल निजामती कर्मचारी संगठनमा पाटिभित्रको गुटवन्दी हावी भएपछि सो निर्वाचन अधिकृतको कार्यलयले दिएको समय सिमाभन्दा एक महिना पुग्न लाग्दा समेत अझै अन्योलको विषयको रुपमा रहेको छ । यस अवधिसम्ममा सञ्चार माध्यमहरुमा कर्मचारी संगठनका गुटवन्दीका चर्चाहरु एकाएक चर्चामा आए । संगठनको वैठक वस्न नसकेको अवस्थामा विभिन्न महङगा होटेलहरुमा अध्यक्षको दावेदार गर्नेहरुले वैठक वोलाएको चर्चा सञ्चार माध्यममा आईरहदा पाटीका केन्द्रीय कमिटका प्रतिनिधिहरु समेत कर्मचारीको गुटवन्दीमा सहभागी भएको चर्चाले उनिहरुको गुटवन्दीको हदैसम्मको परकाष्टा प्रष्ट झल्कीन्छ । एकतह कर्मचारी यसरी महंगा होटेलमा लगातार वैठक आमन्त्रण गर्नु तथा विभिन्न गुट उपगुटमा सहभागी हुनु उनिहरुले कुन हदवाट सेवा सुविधा लिएर सो सेवा र सुविधाहरुले हदैसम्मको दुरुपयोगको हो भन्ने संकेत गर्दछ । यस्ता कर्मचारीका व्यवहारवाट कसरी असल र जनमुखी प्रशासनीक सेवाको आसा गर्ने । कर्मचारीको सांगठनीक गतिवीधीमा सहभागी रहन,े कमाउ तथा व्यस्त अड्डामा सरुवा लिने र दोहोरो चरित्र देखाउनेहरुको हावी हुदा संगठनप्रतीको मुल्य र मान्यतामाथी प्रश्न चिन्ह उत्पन्न भई सर्वसाधारण लगायत सवैमा संगठन प्रतिको आस्था र विश्वासको भरोसामा के उत्पन्न होला यस कुरालाई मध्यनजर गर्ने वेला आएको छ ।
कर्मचारीको हैसीयतमा रहि स्थायी सरकारको रुपमा देशको निजामती प्रशासनीक ढाचामा रहेर सांगठनीक गतिवीधीमा संलग्न एमाले समर्थित कर्मचारी संगठनले सांगठनिक मुल्य र मान्यताहरुलाई अगाल्ने भन्दा पनि पाटि भित्रको गुटवन्दीकामा नाङ्गो रुपमा सहभागी हुनुले उनिहरुभित्रको राजतीतिक चेतनाको स्तरको सजिलै अनुमान लगाउन सकिन्छ । यसरी एक नेपालीले देशको राष्ट्रपती हैसीयतं राख्न सक्छ भने एक सांगठनीक गतिविधिमा संलग्न रहने जो कोहिले पनि गुटको वृतवाट टाढा रहनेले ट्रेड युनियनको अध्यक्षमा पुग्ने हैसियत रहने कि नरहने ? एकत कर्मचारी राजनीतिमा भाग लिन नपाउने मान्यतामा रहेको संस्थाभित्रको संगठन जसले स्वविवेक निर्णय लिने हैसियत गुमाई खूल्लम खुल्ला पाटीको गुडवन्दी भीत्राएको छ । जसले गर्दा अझैसम्म पनि पदाधिकारी छान्ने काम झनै जटिल वन्दै गएको छ ।
कर्मचारी एकतह सकेसम्म आफै अवसरहरुको भरपुर उपयोग गर्ने तर अवसर र त्यागमा समझदारी देखाउन नसक्ने जागिरे मनस्थीतिका कारण सांगठनिक गतिविधी लगाएत कुनै पनि सांगठनिक निर्णय लिन सक्ने हैसियतमा कमि आउने स्वभावीकै हो यही मनस्थीवाट गुर्जीरहेका एमाले समर्थित कर्मचारी संगठन त्यसलाइ मलजल गर्ने एमाले प्रवृतिका कारण निजामति कर्मचारीको राजनैतीक हैसीयत प्रष्ट भएको छ ।
यही सांगठनिक परिधिभित्र एक पाात्र पनि छन् जसले निजामती कर्मचारी संगठनको महत्वपुर्ण पदाधिारी भित्र रहेर अहिले सम्म पनि आफुलाई कुनै गुट र उपगुटको कित्तामा नराखि स्वच्छ र स्पष्टता रहेर सांगठानिक गतिविधिहरुमा रहेर संगठनका कृयाकलापलाई उत्तिकै चुस्त दुरुस्तका साथ सञ्चालन गरिरहे जो अहिले पनि उक्तीकै सांगठनिक गतिविधीमौ सक्रिय रहेका छन् । संगठनमा केवल गुट र उपगुटको वृतले चर्चा पाइरहदा उनि अलि ओझेलमा परेका छन् । उनि संस्थापन कालदेखि नै कर्मचारी संगठनमा सहभागी भई तिन कार्यकाल उपाक्ष्यक्ष र एक कार्यकाल अध्यक्ष समेत भएका उनि सोहि संगठनकै सल्लाकार र संगठनका पदाधिकारीको पुर्णकालीन काज अन्तरर्गत सामान्य प्रशासन मन्त्रालयमा रहेका उनि आफ्नो हात जगन्नाथ भन्ने प्रवृतीलाई पुरै वेवास्ता गरी कुनै मालदार वा सेवा सुविधा सम्पन्न कार्यालयवाट अलग रहे वा वढुवाका लागि कुनै दुर्गमको कोटा रोजेनन् । उपत्यका भन्दा वाहिर रहेर केन्द्रको सांगठनिक गतिविधिसंग दवदवा राख्ने खुवी हासील गरी कर्मचारी संगठनको अध्यक्ष भाइ आफ्नो कार्यकालमा संगठनका गतिविधिहरुलाई व्यापक वनाई सरल र कुसल नेतृत्वको भूमिका देखाएका उनि अहिले संगठनमा व्यपक पाटिको गुटवन्दी मौलाई गुटवन्दीमा साँघुरीयको संगठनको दायरामा यि र यस्ता कुसल सांगठिक व्याक्तिहरु पर्दा पछाडिका पात्रका रुपमा धकेलिएका छन् । न संगठनका पदाधिकारी वा सदस्यहरु यस्ता विषयमा आवाज उटाउन सक्छन् न आफै स्वातह स्फुर्त निर्णय लिन सक्ने हैसियत राख्न सक्छन् ।
निजामती कर्मचारीको संगठनले आधिकारीक ट्रेड युनीयनको चुनावमा भारी मत ल्यायर विजय हासील गरी निर्वाचन अधिकृत कार्यलयले तोकेको समय सिमाभित्र कर्मचारी संगठनले पदाधिकारी छान्न नसकी काठमाडांैको एमाले समर्थित निजामती कर्मचारी संगठन पाटि भित्रका ओली गुट र माधव गुटहरु विभाजीत भई विभिन्न कार्यालयका भ्रष्ट्र कर्मचारीवाट उठाएको पैसाले महंगा होटलमा वारवार वैठक वोलाई पाटिका केन्द्रीय सदस्यहरुलाई निम्तालुका लागि स्वागत गरिरहदा उनि आफ्नो गृह जिल्लामा सामाजीक सेवामा समय खर्चीरहेका थिए । वर्षेनी फ्रीज भएर खेर जाने वजेटलाई सामाजीक विकासको दिर्घकालीन विकासको योजना वनाई समय खर्चीएका थिए । निजामती कर्मचारी संगठनको सल्लाहकारका रुपमा रहेर उनले चुनाव प्रचार प्रसारका लागि पूर्वमा भाmपादेखी पश्चीम वर्दियासम्माका जिल्लामा सहभागी भएर संगठनलाई अधिक मतले विजय वनाउन लागि परेका उनले आफ्ना वस्तीमा दिर्घकालीन कार्यकमका साथ आधि वढाउन दर्जन भन्दा वढि विकासे योजनाहरुको संरक्षकको रुपमा रहि नेतृतवको लागि सघाएका छन् । कुनै पदको लालसा नगर्ने उनि विश्वस्त देखिन्छन् कि अव वस्ने नीजामती कर्मचारी संगठनको वैठकले संगठनका सदस्यहरुको आवाजलाई प्रतिनिधित्व गर्ने गरी निर्णय लिने हो भने आधिकारीक ट्रेड युनियनको अध्यक्षमा मनोनित गर्दा वर्तमान अध्यक्ष नैआधीकारीक ट्रेड युनियनको अध्यक्ष हुनुपर्दछ यदि त्यस्तो हुन नसकेमा पुराना अध्यक्षलाई रोलक्रम अनुसार अध्यक्षको जिम्मेवारी दिने मान्यता भन्दा वाहिर रहेर गुटवन्दीको वहकाउ वा दवावमा रहेर गरेको निर्णयले संगठनमा सदस्यहरुको भावना समेट्न नसक्ने वताउछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया