ट्ल्यालेन्ट शो “म भित्रको म,”सुरु हुने, एक महिना भित्र भिडियो पठाउनु पर्ने

काठमाण्डौ २५ जेष्ठ,२०७७
नेपालमा पहिलो पटक आफ्नो जुनसुकै प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रम The Talent को सुरुवात भएको छ । “म भित्रको, म” स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्ति भित्र रहेका हरेक प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ । कार्यक्रम यहि जेठ १७ गतेबाट सञ्चालनमा आएको हो । कस्मिक मिडया प्रा.लिद्धारा सञ्चालित कस्मिक टि.भिमा प्रसारण हुने छ । अनलाईन प्रसारित कस्मिक टिभि साथै कस्मिक मिडियाको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सकिने मिडियाका सञ्चालक रमेश पोखरेलले बताए ।

विश्व माहामारी को रुपमा रहेको कोभिड १९ को यस समयमा सबै व्यक्तिहरु घरमा नै बन्दा बन्दीमा छौ । यस्तो अवस्थामा घरमा बसि रहँदाको समयलाई सदुपयोग गर्न पनि यो कार्यक्रमले सहयोग गर्ने पोखरेलको भनाइ छ । यो कार्यक्रममा आफ्नो प्रतिभा आफैले रेकर्ड गरेर पठाउनु पर्ने हुनाले पनि सहभागिता जनाउन सजिलो भएको उनको भनाई छ । सहभागीहरुले आफुले रेकर्ड गरेको आफ्नो कला प्रतिभा  cosmictvhd@gmail.com / Cosmic Media र Facebook Messenger मा पठाउन सकिने व्यवस्था गरीएको सञ्चालक पोखरेलले जानकारी दिए । कार्यक्रमले बन्दाबन्दीको समयको सदुपयोग , प्रतिभा प्रस्तु्त साथै मानसिक तनाव समेत कम हुने उनको भनाई छ । हामी भित्र रहेको प्रतिभाहरु गित, नाच, कविता, गजल, भाषण, कमेडि लगायत विभिन्न कलालाई यस कार्यक्रममा प्रस्तुत गर्न सकिनेछ । यस त्जभ त्बभिलत कार्यक्रमले देश विदेशको हरेक ठाउँमा रहेका व्यक्तिहरुको कलालाई समेट्ने प्रयास गरेको छ ।
कार्यक्रममा ५ वर्ष भन्दा माथिका सबैले सहभागीता जनाउन सक्ने सञ्चालकको भनाई छ । सहभागीले जेठ १७ गतेबाट १ महिनासम्ममा भिडियो पठाई सक्नुु पर्नेछ । एक जनाले जम्मा ३ देखी ५ वटा सम्म भिडियो पठाउन पाउनेछन् , एकै जनाको गित, कविता, नाच ,भाषण, जोक्स फरक फरक पठाउन पनि पाइनेछ । साथै कोभिड १९ लार्ई मध्यनजर गरी कार्यक्रममा सहभागी हुने समय थप पनि गर्न सकिने सञ्चालकको भनाई छ ।
कार्यक्रममा सहभागीे भिडियोकोे कमेन्ट, भ्यूजको अधारमा ६० प्रतिशत र सञ्चालक टिमको तर्फबाट ४० प्रतिशत गरेर जम्मा १०० प्रतिशत गरी मुल्यंकनबाट बिजेता छानिनेछ । बिजेता को नाम अनलाईन, फेसबुक र समाचारहरुबाट सर्वजनिक गरिनेछ र बिजेतालाई बन्दा बन्दीको अवश्था सामान्य भएपछि मिडियाको कार्यालय बागबजारमा उपस्थित गराई एक कार्यक्रमका विच पुरस्कृत गरीने सञ्चालक पोखरेलले जानकारी दिए । बिजेतालाई नगद पु्रस्कार सहित प्रमाणपत्र साथै आगामी दिनमा मिडिया क्षेत्रमा प्रवेश गर्ने अवसर समेत प्रदान गरिने सञ्चालक टीमका अनिश खतिवडाले बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया