ठेकेदारले चलाउँछन् सामुदायिक वन
डोटी १७ माघ
सामुदायीक वन हुर्काउने, बढाउने र संरक्षण गर्ने मुख्य जिम्मेवारी हुन्छ उपभोक्ताको । त्यसपछिको दायित्व वन कार्यालयका कर्मचारीको हो । तर यहाँका सामुदायीक वनमा उपभोक्ता कर्मचारीभन्दा ठेकेदार बढी सक्रिय भेटिन्छन् । यो खबर आजको कान्तिपुरमा छ ।
सामुदायीक वनको काठ, दाउरा संकलन तथा बिक्री विरतण निर्देशिका २०७१ अनुसार सामुदायिक वनहरुले प्रक्रिया पुर्याएर संकलन गरेका काठ दाउरा बिक्रीका लागि टेन्डर खोलेपछि मात्र ठेकेदार, उपभोक्ता र वनका कर्मचारीको सम्बन्ध जोडिनुपर्ने हो ।
सामुदायिक वनको दर्ता प्रक्रियादेखि उपभोक्ताहरुको बैठक बसाल्न, पदाधिकारी चुन्न, दण्ड जरिवाना तिराउन, वनको स्रोत परिचालन गर्न समेत ठेकेदारको भूमिका पाइएको छ ।
सामुदायिक वनमा कोष नभएको मौका छोपी ठेकेदारहरुले सहयोग गरेजस्तो गरेर आफूखुसी निर्णय गराउने गरेको सामुदायिक वन उपभोक्ता महासंघ डोटीका अध्यक्ष कृष्ण मलासीले बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया