डलर साट्न हिच्किचाउँदै बैंक

काठमाडौं ३० जेष्ठ
बैंकहरु डलर साट्न हिच्कचाउन थालेको आजको नागरिक दैनिकमा खबर छ ।
नगद साट्दाभन्दा डेबिट कार्ड लिन लगाउँदा फाइदा हुने भएकाले उनीहरु डलर साट्न हिच्किचाउन थालेका हुन् ।
बैंकमा खाता खोलेर डेबिट कार्ड लिँदा करिब १ हजार तिर्नूपर्ने हुन्छ । यसले बैंकको आम्दानी बढ्छ ।
बैंकहरुले विदेश जान चाहनेलाई भिसा सहित राहदानी देखाएर २ हजार ५ सय डलर साटिदिन्छन् । तर, बैंकहरुले भने सकेसम्म रकम साट्न निरुत्साहित गर्ने र साट्नै परे ५ सय डलरमात्र साटि दिने गर्छन् ।
बैंकमा डलर साट्न आउनेहरुलाई नगदको झन्झटमा नफस्न सल्लाह दिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया