डाक्टरलाई अस्पताल बाहिर काम गर्न बन्देज
काठमाडौँ २४ पौष
चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूलाई अस्पतालबाहिर सेवा दिन रोक लगाइएको छ। यो अस्पताल मुलुककै सबैभन्दा ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवा स्तर खस्किएको भन्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ। यसअघि विस २०५३ देखि २०६१ सम्म चिकित्सक र कर्मचारीले बाहिर काम गर्न नपाउने व्यवस्था थियो। पछि सञ्चालक समितिले क्यान्सर विशेषज्ञ दुर्लभ रहेको र बिरामी लुकेका कारण खोज्नुपर्ने भन्दै बाहिर सेवा गर्न खुला गरेको थियो। त्यसपछि अधिकांश चिकित्सक आफैं संलग्न भएर निजी अस्पताल खोल्ने, अस्पतालमा समय कम दिने र क्यान्सरका बिरामी चोरेर निजीमा लैजाने गर्दै आएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया