डिएगो कोष्टाको गोल संगै चेल्सीलाई अग्रता

एजेन्सी १५ कार्तिक

गएराति भएको इंग्लिस प्रमियर लिग फुटबल अन्तर्गत खेलमा चेल्सली २-० ले विजयी भएको छ । साउथ ह्याम्टनको घरेलु मैदानमा भएको खेलमा चेल्सीले सहज जित हात पारेको हो।  खेलको छैठौैं मिनेटमा इडेन हर्जाडको गोलबाट चेल्सीले  अग्रता लिएको लिएको थियो। साउथ ह्याम्टनले लय समात्दै गर्दा दोस्रो हाफको ५५ औं  मिनेटमा डिएगो कोष्टाले गोल थप्दै चेल्सीको अग्रता दोब्बर पारे। जितसँगै चेल्सीको १० खेलबाट २२ अंक भएको छ । शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीसँगै दोस्रो स्थानको आर्सनल र तेस्रो स्थानको लिभरपुलको पनि समान २३ अंक नै छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया