डिजिटल बैकिङ सेवा दिनेमा हामी अघाडी नै छौ–सेञ्चुरी बैकको सिइओ गौतमसँग अन्तर्वार्ता

तुलसीराम गौतम
सिइओ–सेञ्चुरी कर्मशियल बैक लिमिटेड

 

१) सेञ्चुरी कर्मशियल बैकको पछिल्लो वित्तिय स्वास्थ्यबारे केही बताइदिनुहोस् न ?

वित्तिय स्वास्थ्य राम्रै छ । ७० अर्ब हाराहारी हाम्रो डिपोजिट छ । ६० अर्ब जति लोन छ । गत आवको अन्तिम वासलात त आइसकेको छैन । किनभने राष्ट्र बैकले नै ३ महिना व्याज उठाउन समय दिएको छ । त्यसले गर्दा अझैपनि झण्डै ७० दिन बाँकी हुनाले पैसा उठ्न अलिअलि बाँकी छ । त्यो उठ्छ पनि । त्यो उठेपछि वित्तिय अवस्थाको राम्रै तस्विर आउँछ ।

२) कोभिड–१९ अर्थात कोरोना भाइरसको महामारीको प्रभाव बैकिङ क्षेत्रमा कस्तो परेको यहाँले महसुस गर्नु भएको छ ?

बंैकिङमा सेकेन्डरी प्रभाव हो कोरोनाको । प्राथमिक रुपमा ‘रियल सेक्टर’ जस्तो कृषि, उद्योग धन्दा, व्यापार, यातायात, होटलहरु भए । धेरै क्षेत्रमा कँही–कँही ठुलो हिसावले र अलि–अलि हिसावले असर परेको छ कोभिडको । जस्तो यातायात बन्द छ लामो दुरीको, हवाई क्षेत्र खुलेको छैन् । होटलहरु अप्ठेरै अवस्थामा छन् । स्कुल कलेजहरु खुलेका छैनन् । तिनीहरुलाई असर पर्यो । तिनीहरु धेरै–जसोले ऋण लिएका हुन्छन् बैकसँग । तिनलाई असर पर्नु भनेको हामीलाई पनि असर पर्नु हो । अर्को प्रत्यक्ष भनेको सहज हिसावले लकडाउनको बेला हामीले अफिस खोल्न पाएनांै । यद्यपी लकडाउन खोलिसकेपछि अहिले धेरै हदसम्म सुचारु भइसकेको, बजार क्रियाशिल हुदै गएको अवस्था छ । तर अहिले पनि एक जिल्लाबाट अर्कोमा जान गाह«ो छ । हवाई उडान सुचारु भएका छैनन् । यातायात सुचारु भएका छैनन् । सभा सम्मेलन गर्न खुलिसकेको छैन । त्यसकारण कोभिड भन्दा अघाडीको अवस्थामा परिस्थीति आइसकेको छैन । कोभिड अझै कति अघि जाने हो भन्न सकिने अवस्था पनि छैन ।

३ं) यसपालीको मौद्रिक नीतिलाई बाहिर त अत्यन्तै सकारात्मक रुपमा लिइएको छ । सबैले राम्रै हो भनेका छन् । तपाइलाई चाँही कस्तो लाग्या’छ ?
मौद्रिक नीतिले मोटामोटी सबै क्षेत्रलाई समेटेको छ । धेरै क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने हिसावले नै आएको छ । जस्तो बैकहरुलाई पनि आएको छ । कतिपय कुराहरु साना तिना नमिलेका पनि छन् । जस्तो हामीले सोचेको भन्दा फरक पनि आएको छ । नीतिमा एउटा सर्कुलर, आउँदा अलिकति फरक जस्तो पनि देखिरहेको छु । त्यो त अब बंर्कस संघका साथीहरु भेटघाटमा पनि हुनुहुन्छ । सुधार भएर आउँछ जस्तो पनि लाग्छ मलाई । समग्रमा राम्रो छ मौद्रिक नीति ।

४) यसपटक पनि मौद्रिक नीतिले ‘बिग मर्जर’लाई नै जोड दिएको छ । सेञ्चुरी बैकले पनि केही अघि मर्जर लागि साथी खोजेको हो । अहिले चाँही के छ, मर्जर गर्ने तयारीमा त हुनुहुन्न ?

मर्जरलाई प्रोत्साहन दिने नीति धेरै अघिदेखि आएको हो । थुप्रै बैकहरुले राष्ट्र बैकले गर्नेपर्छ नभनेपनि मर्जर गरिरहेकै छन् । ‘क’ बर्गकै बैकहरु पनि एक दुइ ओटा त मर्जर भए । अरु ‘ख’, ‘ग’ त थुप्रै भए । हामीले नै ५ ओटालाई ल्याएको हो । त्यसकारण पहिलेदेखि नै नीतिहरु आएका थिए । छुटहरु पनि थिए । सुविधा पनि थिए । तर यसपटक पनि मोटामोटी पहिलेकै जस्तै मर्जरलाई प्रोत्साहन गर्ने नीति आएको हो । अलिअलि थपघट त बर्षेनी भइ नै आएको छ । यद्यपी मलाई मोटामोटी उस्तै नै हो जस्तो लाग्छ ।
हाम्रो बैकको कुरा गर्दा आजकै मितिमा फलानोसँग मर्ज गर्छौ भन्ने अवस्था त छैन । हामी वाच गरिरहेका छौ । राष्ट्र बैक कुन हिसावले जान्छ । त्यसलाइ पनि हेर्नुपर्छ । हामी जस्ता बैकहरु त अरु पनि छन् नी थुप्रै । १०–१२ ओटा बैक छन् अलि सानो लेभलका । उनीहरुले कुन खालको रणनीनिति अख्तियार गर्छन् त्यसमा पनि भर गर्छ ।

५) कोभिड–१९ अर्थात कोरोना भाइरस महामारी सुरु भएसँगै डिजिटल बैकिङलाई बैकहरुले पछ्याइएको देखिन्छ । सेञ्चुरीले चाँही डिजिटलाइजेसन्को कुरामा के गरिरहेको छ ?

अरुले जस्तै हाम्रो बैकले पनि सबै खालका डिजिटल सेवा थप्दै गएको छ । हामी कत्तिपनि पछाडी परेका छैनौं । ग्राहकलाई सेवा सुविधा दिने मामिलामा हामी अघाडी नै छौ । टेक्नोजोजी उही नै हुन् । अलि ठुला भनिएका बैक र हाम्रो टेक्नोलोजी उही हुन् । रफतार पनि उस्तै नै छ । तर नेपालमा अहिले पनि ठुलो सङख्यामा कारोबार नगदमै भइरहेको छ । जुन डिजिटलका कुरा भएका छन् । साना तिना कारोबार जस्तो बिजुलीको पेमेन्ट, सानोतिनो भुक्तानी, टेलिफोनकै पनि टफ अफहरु गर्ने काम इसेवा लगायतसँगको सहकार्यमा गरिरहेका छौ । अलाइन सपिङ जस्तो दराज टाइपको अरु थुप्रै पनि छन् हामीसँग । उहाँहरुसँगको सहकार्यमा पनि भुक्तानीका कामहरु भइरहेका छन् । तर त्यस्तो खालको कारोबार र समग्र आर्थिक ब्यापारिक कारोबारको हिस्सा नम्बरमा अथवा अमाउन्टमा धेरै कम छ । अहिले पनि तल काउन्टरमा तपाइ जानुहुन्छ भने लाइन नै लागिरहेको देख्नुहुन्छ । त्यसकारण पुरै डिजिटलमा सिफ्ट हुन त समय लाग्छ नै । एउटा चलनचल्तीको, रितिरिवाजको कुरा भए । अर्को मान्छेलाई परिवर्तन चाहिन्छ नी । हामी पनि डिजिटल सेवा सुविधा थप्दै जानेमा अन्य बैकहरु जस्तै सँगसगै नै अघि बढिरहेकै छौ । भलै प्रचार गर्ने मामिलामा कम भयो होला ।
धेरै अघाडी वस्तु विनिमयको बेला थियो । पछि मुद्रा आयो । मलाई लाग्छ त्यतिबेलै मान्छेहरुले पैसा लिएर माल किन्न वा बेच्न हिच्कीचाउँथे जस्तो लाग्छ मलाई । उसले चाँही मालै लग्यो जस्तो भनांै न गाई, बाख्रा वा धान तर उसँग चाँही मैले क्वाइन लिँए भने के हो के हो, भोलि चल्छ की चल्दैन भन्ने दुविधा थियो होला त्यतिखेर । तर क्रमश नोट एकदमै सहज भएर आयो । अब फेरी अर्को पेल्टफर्ममा जाँदा अप्ढेरो त महसुस छ नै । केही समय सक्रंमण काल जस्तो हुन्छ । त्यो सक्किएपछि हामी सहज हुन्छौ । जस्तो लकडाउन अघिसम्म बैकहरु ठाउँठाउँमा ब्राञ्चहरु थप्दै हिँडेका हुन् नी । अहिले पनि हिँड्न थालेका छन् । यसको मतलब फेरी पनि क्यास नै चाहियो । त्यसकारण पूर्णत डिजिटलाइजेशनमा जान समय लाग्छ । विस्तारै अघि बढ्ने कुरा हो । जे होस् डिजिटल युग सुरु भइसकेको छ । हामी पनि त्यसैमा फड्को मार्दै छौ ।

६) प्रतिस्पर्धा त बैकिङ क्षेत्रमा अत्यन्तै उच्च छ । अलिकति प्रगती गरेको क्षेत्र पनि यही नै छ । यस्तोमा सेञ्चुरी बैकले आफुलाई कसरी अघि बढाएको छ ?
हामीले गर्ने भनेको मुख्य गुणस्तरीय सुविधा दिने हो । अर्को सबै सेक्टरलाई मिल्ने खालको निक्षेपका योजनाहरु ल्याइरहेका छांै । त्यसलाई प्राथमिकता दिएर अघि बढ्छांै । जस्तो नारी बचत भयो, रेमिट्यान्स, सिनियर सिटिजन्स सबैलाई समेटेर योजनाहरु ल्याएका छौ ।
लोनको कुरा गर्दा सानोदेखि हाइड्रोपावरसम्मलाई हामी लोन दिन्छौ । एसएमई लगाएत सबैलाई ऋण दिइरहेका छौ । रेमिटयान्स् पनि हामी आफैले पनि गरिरहेका छौ । बाहिर मान्छे राखेर भएपनि र लोकल तहमापनि गरिरहेका छौ । यसरी हामीले सबै प्रकारका सेवा सुविधा दिँदै आएका छौ । सुविधा थप्दै पनि गइरहेका छौ । छिटो र छरितो होस् भन्नेमा हामी केन्द्रित छौ । अर्को डिजिटल हिसावले पनि हामीले सेवा सुविधा विस्तार गर्दै लगेका छौ ।

७) नयाँ आर्थिक बर्ष सुरु भएको छ । ब्राञ्च विस्तार लगायतका योजनाहरु छन् कि ?

काठमाण्डौमा हाम्रा ब्राञ्च कम थिए अरु बैकको तुलनामा । झण्डै झण्डै ४०–५० प्रतिशत बजार काठमाण्डौ उपत्यकामा नै छ । हाम्रो उपस्थीति कम थियो । हामीले बाहिर ब्राञ्च खोलेको आधारमा मात्रै काठमाण्डौमा खोल्न पाइन्छ । बाहिर ठाउँ ठाउँमा, दुरदराजमा खोलेको आधारमा उपत्यकामा खोल्न पाउने थप १० ओटा ब्राञ्चका लागि हामीले राष्ट बैकबाट स्वीकृति लिइसकेका र्छाै । अव त्यो थप्दै छौ । उपत्यका बाहेक एउटा लेटे भन्ने ठाँउ छ मुस्ताङ जिल्लामा त्यहाँ खोल्दैछौ । अर्को कोहलपुरमा खोल्दै छौ । कोभिडले गर्दा रोकिएको हो । नभए खुलि सक्थे ।

८) सेञ्चुरी कर्मशियल बैकमा यहाँ आउनु भएको दुइ बर्ष भयो । यसबीचमा यहाँले गर्नु भएको काम र सुधार के के हुन् ?

बिजनेसमा ठिकठिकै ग्रोथ भएको छ । लामो समयसम्म अर्थात लकडाउन अघिसम्म लगभग २ बर्ष नै जस्तो लगातार हामीलाई डिपोजिटको खडेरी नै परेको हो हामी जस्ता बैकहरुलाई । किनभन्दा अलिकता पुराना अनि ठुला बैकहरुले अफर गर्ने रेट र हाम्रो एउटै एउटै जस्तो पनि थियो । तर ठुलो हिसावमा डिपोजिट आर्कषित गर्न सकेनौ । त्यसकारण लोन दिँदाखेरी त्यही हिसावले दिन सकेनौ । अलिकति खुम्चेर पनि बस्नु पर्यो । बीचमा हामीले सबैकुरा कन्ट्रोल गर्यौ रेसियो लगायत इन्टरनल अडिट पनि । बाहिरबाट सर्भिस लिने खालको चलन थियो हाम्रो । त्यसलाई पनि भित्रबाटै स्थापित गर्यौ । कम्प्याह्यान्टहरुलाई बढी जोड दिएर अघि बढ्यौ । त्यो खालको गरेका छौ । आन्तरिक कामहरुबाट नै भोलीको दिनमा बैकलाई स्तरीय बनाउनेमा यसबीचमा काम गरेका छौ । गुड गर्भनेन्सलाई नै बढी जोड दिएका छौ ।

९) अन्त्यमा, बैकहरुमा २ खर्ब भन्दा बढीको तरलता चुलियो भन्ने छ । ऋण लिनेहरु पनि घटे भन्ने छन् । अवस्था कस्तो हो ?

बढेको त राष्ट बैकको तथ्याङकले नै बताउँछ । पैसा त थुप्रिएकै छ । दुइ ओटा कारण छन् । एउटा त नयाँ लोन लिने मान्छेहरु कम छन् अहिले । एउटा बैकले अर्को बैकमा तान्नु एउटाबाट अर्कोमा पैसा जानु हो । समग्रमा त्यो एउटै हो । तर समग्र बैकहरुमा नयाँ लोन लिनेहरु बढेका छैनन् । खासगरी ४ महिना बढीदेखिको कोभिडको असर ज्यादा परेको छ । अहिलेपनि पुरै सहज भइसकेको छैन । यस अवस्थामा नयाँ उदोग खोल्ने, नयाँ बिजनेस गर्ने भन्ने भएको छैन । बिजनेस विस्तारका कामहरु पनि उद्योगीहरुले गरिरहेका छैनन् । पर्ख र हेर भन्ने खालको अवस्था छ ।
डिपोजिट चाँही विभिन्न कारणले जम्मा भइरहेको छ । बैकिङ भन्दा बाहेकका सहकारी लगायतबाट पनि बैकहरुमा पैसा आएका छन् । व्यापारीहरुको पनि पुराना पैसा उठेर बैकहरुमा डिपोजिट बढेको हुनसक्छ । विविध कारणले डिपोजिट बढेकै छ ।

प्रस्तुती : रिसव गौतम
                       प्रकासित मिति २०७७–४–२१

फेसबुकबाट तपाईको प्रतिक्रिया