डिसहोमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने

बिजनेसपाटी १९ असार

टेलिभिजन सेवा प्रदायक कम्पनी डिस होमले सर्बसाधारणमा सेयर जारी गर्ने भएको छ ।  प्राईभेट लिमिटेडको रुपमा पहिले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता रहेको डिसहोमलाई सर्बसाधारणमा सेयर जारी गर्ने प्रयोजनर्कै लागि पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरिएको छ ।  नेपालमा डिस होमले सेटेलाइटकाे माध्यमबाट विभिन्न च्यानलहरु डाइरेक्ट टू होम (डिटिएच) प्रणााली मार्फत टेलिभिजन सेवा प्रदान गरिरहेको छ ।

पहिले डिस नेपाल र होम टिभिकौ रुपमा अलग अलग संचालनमा रहेका कम्पनीहरु मर्ज भएर डिसहोम बनेका थिए । कम्पनीमा प्रभु समूह, ग्लोबल आईएमई समूह लगायतको लगानी रहेको छ ।

धितोपत्र बोर्डले प्राईभेट कम्पनीहरुलाई पब्लिक लिमिटेडमा परिवर्तन भएर सर्बसाधारणमा सेयर जारी गर्न प्रोत्साहित गर्ने नीति ल्याएपछि डिसहोम पनि सर्बसाधारणमा जान अघि सरेको हो । अब डिस होमले सोहि अनुसार आईपिओ जारि गर्ने बताईएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया