डेंगो रोगको सङ्क्रमण बढ्दै
काभ्रे १२, साउन २०७९ काभ्रेमा लामखुट्टेको टोकाइबाट लाग्ने डेंगो रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ।करिब एक महिनाअघि पाँचखालमा देखिएको डेंगोको सङ्क्रमण हाल तीन स्थानीय तहको नौ जनामा पुष्टि भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।काभ्रेमा तीन वर्षपछि गत असार दोस्रो साता पाँचखालमा भेटिएका डेंगो सङ्क्रमित जिल्ला बाहिरका हुन्। ती व्यक्तिमा स्थानीय स्वास्थ्य संस्थामा मलेरिया परीक्षण गर्न जाँदा डेंगोको सङ्क्रमण भेटिएको थियो।
पाँचखालमा भेटिएका सङ्क्रमितको भने काठमाडौँस्थित एक अस्पतालमा उपचार भइरहेको कार्यालयले जनाएको छ।कार्यालय प्रमुख डा पुरुषोत्तम सेढाईंका अनुसार हालसम्म जिल्लाको तीन स्थानीय तहमा डेङ्गु रोगको सङ्क्रमण भेटिएको हो।
सङ्क्रमित नौमध्ये मध्ये काभ्रेपलाञ्चोकको धुलिखेलका तीन, पनौतीका दुई र बनेपाका एक हुन्। यस्तै दोलखाका एक र सिन्धुपाल्चोकका दुई रहेको जनाइएको छ।काठमाडौँमा उपचाररत सङ्क्रमितको अवस्था गम्भीर रहेकाले आइसियुमा राखिएको सेढाईंले बताए।उच्च ज्वरो आउने, टाउको दुख्ने, आँखा दुख्नुका साथै ढाड, जोर्नी र मांशपेसी दुख्ने, शरीरमा विमिरा आउने र वाकवाकी लाग्ने, पेट दुख्ने, नाकबाट रगत बग्नु, शरीरमा रगत जमेको दाग देखापर्नु, बेहास हुने जस्ता डेंगोका लक्षण देखिन्छ। RSS
फेसबुकबाट तपाईको प्रतिक्रिया