डेढ दर्जन बिमान थपिँदै, निजी कम्पनीले १३ वटा थप गर्ने
बिजनेसपाटी ४ कार्तिक
स्वदेशी वायुसेवा कम्पनीहरूले यसै वर्षभित्र आन्तरिक उडानका लागि डेढ दर्जनभन्दा बढी विमानहरू थप्ने भएका छन् । सरकारी स्वामित्वको नेपाल वायुसेवा निगमले ४ वटा चिनियाँ जहाज थप्ने प्रक्रिया सुरु गरिसकेको छ भने निजी क्षेत्रका चार एयरलाइन्सले १३ वटा विमान थप्ने प्रक्रिया सुरु गरेका छन् ।
यती एयरलाइन्सले जेटस्ट्रिम विमानहरू विस्थापन गरेर एटीआर–७२ विमान ल्याउने योजनाअन्तर्गत ४ वटा जहाज खरिद गर्नका लागि मन्त्रालयमा प्रस्ताव गरेको छ । निजी क्षेत्रकै गोमा एयरले १ जहाज खदिरको अनुमति लिइसकेको छ र सिम्रिक एयरलाइन्सले दुइटा जहाज केही समय अगाडि मात्र थपेको छ ।आजको कारोबारमा खबर छापिएको छ ।
सिम्रिकले ४ वटा स्काई ट्रक ल्याउने प्रक्रियासमेत सुरु गरेको छ । श्री एयरलाइन्सले पनि अब हेलिकप्टर सेवाबाट जहाज उडान सुरु गर्दैछ । कम्पनीले अनुमति लिएर २ वटा जहाज खरिद प्रक्रियासमेत अगाडि बढाइसकेको छ ।
उडान अनुमति ९एओसी० को प्रक्रिया अन्तिम चरणमा रहेकाले नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाउने बित्तिकै २ वटा जहाज नेपाल ल्याउने श्री एयरलाइन्सका प्रवन्ध निर्देशक सुधीर मित्तलले जानकारी दिए ।
जहाज ल्याउने बित्तिकै एयरलाइन्सले ५० सिट क्षमताको क्यानडियन कम्पनी बम्बाडियरको जेट सीआरजे–२०० सिरिजको जहाज खरिद गरेर नेपाल ल्याउने तयारी रहेको मित्तलले बताए ।
यती एयरलाइन्सले बुद्ध एयरले उडान गरिरहेको एटीआर जस्तै सिरिज ल्याउने प्रक्रिया सुरु गरेको छ । यतीले ७२ सिट क्षमताका ४ वटा जहाज ल्याउने तयारी गरेको हो । यतीले हाल जेट स्ट्रिमका ७ वटा जहाजमार्फत आन्तरिक उडान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया