डोनाल्ड ट्रंपको सम्बोधनका १० महत्त्वपूर्ण तर्क

बिजनेसपाटी ८ माघ

वासिंगटनमा राष्ट्रपतिपदको सपथ ग्रहण गरे लगत्तै रिपब्लिकन पार्टीका नेता डोनाल्ड ट्रंपले करिब २० मिनेटसम्म अमेरिकन नागरिकलाई सम्बोधन गरे। सम्बोधनमा अधिकांश समय उनले अमेरिकी जनताको हातमा राज्य रहेको र अमेरिकन जनता पहिलो प्राथमिकतामा रहने बताए।  अमेरिकाका ४५ औ राष्ट्रपति ट्रंपले सम्बोधनका क्रममा उल्लेख गरेका प्रमुख १० विषय यस्ता छन्:

-हामि अमेरिकाको सत्तालाई वाशिंगटन डिसीबाट फिर्ता जनतामा हस्तान्तरण गर्दै छौ। यो तपाइँको दिन हो। यो तपाइको खुसि हो र यो देश अमेरिका तपाईहरुको हो।

-हाम्रो देशमा जुन महिला-पुरुषलाई बिर्सीएका छौ उनीहरुलाई अब भुलिने छैन। यसबाट फरक पर्ने छैन कि सरकार कसको हो, फरक यसबाट पर्छ कि के देशमा अमेरिकी जनताको नियनत्रण छ कि छैन।

-अमेरिकाले फेरी जित्ने छ र यसरि जित्ने छ कि पहिले यसरि कहिले जितेको थिएन। हामी इस्लामिक अतिवादी बिरुद्द सभ्य संसारलाई एक जुट गर्ने छौ र हामी यसलाई यस धर्तिबाट पूर्ण रुपमा नामो निसान मेट्ने छौ।

-तपाईहरुले राष्ट्रियताका लागि आफ्नो हृदय खुला गरिदिनु भएको छ अब पूर्वाग्रहको लागि कुनै स्थान छैन। हामिलाई ठुलो सोच्नु छ र त्यो भन्दा पनि ठुलो सपना देख्नु छ। ती नेताहरुलाई अब कुनै हालतमा स्वीकार गरिदैन जसले धेरै बोल्छ र काम कम गर्छ।

-एक नयाँ राष्ट्रिय गौरब हाम्रो शिर ठाडो गर्ने छ र हाम्रो विभाजनमा मलहम लगाउने काम गर्ने छ। हामी मिलेर अमेरिकालाई फेरी महान बनाउने छौ। हामि अमेरिकालाई फेरी सम्पन्न र शक्तिशाली बनाउने छौं।

-अमेरिकाले विश्वलाई धनी र सम्पन्न बनायो तर आफ्नै अवस्था बिगार्यो, अब त्यस्तो हुने छैन। हरेक कुरामा अमेरिकन नागरिकलाई पहिलो प्राथमिकतामा राख्ने छौ।

-हामी चुनौतीहरू सामना गर्ने छौ,  हामी कठिनाइको सामना गर्ने छौ तर हामी काम फत्ते गरेर नै छोड्ने छौ।

-वाशिंगटन फस्टायो तर यहाँको धन साझा हुन् सकेन। राजनीतिज्ञ फलिफाप भए तर यहाँबाट उद्योग कलकारखाना बन्द भए र रोजगारी खोसीए। स्थायित्व कायम भयो तर अमेरिकन नागरिकको लागि भएन। हाम्रो बिजय आफ्नो भएन। त्यसैले अब यस्तो हुने छैन। यहाँ अमेरिकन सामान किन अमेरिकन मान्छे राख अभियान सुरु हुने छ।

-हामि हाम्रो रोजगारी फिर्ता ल्याउने छौ, हाम्रो सिमाना फिर्ता ल्याउने छौ र हाम्रो धन फिर्ता ल्याउने छौ र हामी हाम्रो सपना फिर्ता ल्याउने छौ।

-हामी विश्वका सबै राष्ट्र र समुदायसंग मित्रता र सदभाब कायम गर्ने छौ तर हामी यो बुझेर कि हरेकले आफ्नो गतिविधिलाई पहिलो स्थानमा राख्न सहि छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै आफुलाई (अमेरिकालाई) प्राथमिकतामा राख्ने छौ।  एजेन्सीको सहयोगमा

फेसबुकबाट तपाईको प्रतिक्रिया