ढल्यो ओलीको सरकार, विश्वासको मतको विपक्षमा बहुमत

काठमाण्डौ २७ बैशाख २०७८

संघीय संसदमा विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीले राखेको प्रस्तावमा विश्वासको मतको विपक्षमा बहुमत भोट खसेको छ । सोसँगै केपि शर्मा ओली नेतृत्वको सरकार लडेको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री ओलीको विश्वासको प्रस्तावको पक्षमा ९३ मत परेको बताएका छन् ।  जम्मा उपस्थित संख्या २३२ जना रहेको थियो। विपक्षमा १२४ मत र प्रस्तावको मत दिन्न भन्नेमा १५ मत परेको छ।

एमालेका २८ सांसद अनुपस्थित भएका थिए। वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया