तत्काल मोबाइल फोनको गुणस्तर सुधार गर्न निर्देशन

काठमाडौँ २२ फागुन

नागरिकको दैनिक जनजीवनसँग जोडिएको मोबाइल फोन गुणस्तरीय नभएको भन्दै सरोकार भएका व्यक्तिले गुनासो गरेका छन्।    नेपाल दूरसञ्चार प्राधिकरणको १९ औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा जनताले पैसा तिरेर लिने सेवासमेत गुणस्तरीय र वैज्ञानिक नभएको भन्दै तत्काल समस्या समाधान गर्न आग्रह गरिएको हो।    फोनमा कुरा गर्दा प्रष्ट नसुनिने, बोल्दाबोल्दै लाइन काटिने तथा आवाज जुध्नेजस्ता समस्या विद्यमान रहेको भन्दै उनीहरुले सुधारको प्रयास गर्नुपर्ने र नभएको खण्डमा क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेमा जोड दिए।    सूचना तथा सञ्चार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले मोबाइल फोनमा देखिएको समस्या सुधारको प्रयत्न गर्दा देखिने र अनुभव गर्न सकिने गरी सुधार गर्न प्राधिकरण लाग्नुपर्ने बताए।

“मलाई पनि धेरैले गुनासो गरेका छन्, सेवा प्रदायकलाई सचेत र सर्तक बनाउने काम मन्त्रालयको त हुँदै हो, त्यसमाथि नियमक निकायका रुपमा रहेको प्राधिकरणको बढी छ । तत्काल सुधारको प्रयास गर्नुस्”– सचिव गुरुङले भने।    उनले प्रविधि, सेवा प्रदायक अघि र नियमक निकाय पछि पछि हुने प्रवृत्तिको अन्त्य गरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन सोचका साथ काम गर्न प्राधिकरणलाई आग्रह गरे। प्राधिकरणका अध्यक्ष दीगम्बर झाले सेवा प्रदायकलाई सेवाग्राहीप्रति सचेत र सजग गराउन प्राधिकरण लागिपरे पनि मोबाइल फोनमा देखिएको समस्या समाधान हुन नसक्नु दुःखद् रहेको बताए।    प्राधिकरणका निर्देशक आनन्दराज खनालले प्रविधि र जनशक्तिको उचित व्यवस्थापन गरेर प्राधिकरण सेवाप्रदायकलाई जवाफदेही र जिम्मेवार बनाउन लागिपरेको छ भने।    सो अवसरमा सरकारको निर्देशन बमोजिम भूकम्प अति प्रभावित ११ जिल्लामा उच्च गतिको इन्टरनेट सेवा पु¥याउने प्रक्रिया सुरु भएको जानकारी दिइयो। रसुवा, नुवाकोट, धादिङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोकमा टेलिकममार्फत सेवा पुर्याउने कार्य सुरु भएको र अन्य जिल्लामा पनि छिट्टै प्रक्रिया सुरु हुने बताइयो। यस्तै मुलुकभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउन मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्य गरी अन्तिम चरणमा पुगेको छ। पहिलो चरणमा प्रदेश नं १, २ र ३ मा रु पाँच अर्ब बजेट विनियोजन गरिएको जानकारी दिइयो।f

फेसबुकबाट तपाईको प्रतिक्रिया