तनहुँ १ मा ७ हजार मतान्तरले स्वर्णिम अगाडि

काठमाडौं ११ बैशाख २०८०,। तनहुँ १ मा २५ वटा वडाका मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ७ हजार ८४७ मतान्तरले अग्रता लिएका छन्।

४२ मध्ये अब १७ वडाको मत गन्न बाँकी छ। स्वर्णिम वाग्लेले १८ हजार ४६१ मत पाएका छन्।

नेपाली कांग्रेसका गोविन्द भट्टराईले १० हजार ८१४ मत ल्याएका छन्। एमाले उम्मेदवार सर्वेन्द्र खनालले ५ हजार ६८ मत मात्रै पाएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया