तपाईको जीवनसाथी अर्कैसँग पो सल्केको छ कि ? यसरी पत्ता लगाउनुहोस

आधुनिकताका नाममा जे जति विकास भएका छन् त्यसले जीवनयापनमा पनि नकारात्मक असर गर्न थालेको छ । त्यसो त पछिल्लो समय दाम्पत्य जीवनमा पनि असर पर्न थालेको छ । फोन, भाइबर, फेसबुक लगायतका कारण बैबाहिक सम्बन्धहरु टुट्ने क्रम बढ्दो छ । एकातिर यसकै कारण एकअर्काको बिश्वास घट्न थालेका छन् जसले गर्दा सम्बन्ध बिग्रिदै गएका छन् । 

बिहे अघि जे सोचेर बिहे गरेको हुन्छ बिहेपछि त्यस्तो परिश्थिति पक्कै हुदैन जसले गर्दा एकअर्काप्रति नकारात्मक प्रभाब पर्न थाल्छ । जसले दाम्पत्य जिवनका चुनौतीहरु सामना गर्न सक्दैन उनीहरु अर्कै पार्टनरको खोजीमा भौतारिन्छ । फलस्वरुप विश्वास टुट्दछ, मन छियाँछियाँ हुन्छ । पार्टनरको बानी, काम तथा हाउभाउमा आएको परिवर्तनले शंकै गरिहाल्नुपर्छ भन्ने त हुदैन । तर यस प्रकारको परिवर्तनको कारण भने सम्बन्ध जारी भइन्जेल खोजिरहनु आवश्यक हुन्छ ।

तपाईलाई आफ्नो पार्टनरले धोका दिइरहेको वा ढाँटिरहेको कुरालाई कसरी थाहा पाउन सकिन्छ त ? आफ्नो जीवनसाथीको बारेमा शंका गर्ने प्रवृति राम्रो त होइन तर ‘वाच’ भने दुबैले गर्नुपर्ने हुन्छ । कसरी वाच गर्ने त उसो भए ?

१. शृङ्गारपटारमा बढी ध्यान दिएमा

आफ्नो जीवनसाथीको पहिलेको र अहिलेको अबस्था नियाल्न जरुरी छ । पहिला शरीरको खासै चासो नदिने मानिसले एक्कासी चासो दिन थालेपछि यसले पनि केही संकेत गर्दछ । पहिला लुगा लगाउँदा खासै मतलव नगर्ने तर अहिले निकै ध्यान दिने गर्न थालेपछि शंका त उठ्ने नै भो ।

पहिला रातो रंग मनै नपराउनेले एक्कासी रातो रंग मन पराउन थालेपछि शंका गर्ने ठाँउ हुन्छ । सेन्ट छर्केर, कपाललाई स्टाइलिश बनाएर वा चटक्क बनेर बाहिर निस्कने बित्तिकै गलत सोंच राख्नु हुदैन । तर यसबाट केही शंका गर्ने ठाउ भने रहन्छ ।

२. सेक्समा असन्तुष्टि व्यक्त गरेमा अथवा नयाँ शैली अपनाएमाlv

तपाइको श्रीमान्/श्रीमतीले यस अघि कसरी प्रेम ब्यक्त गर्थे ? अथवा सेक्समा कस्तो आसन र पाकक्रिडा प्रयोग गर्थे ? के कति मात्रामा सेक्स गर्थे ? तपाइको चाहना कसरी बुझ्थे ? र अहिले त्यसमा के कति भिन्नता पाउनु भएको छ ? यसलाई आधार मानेर पनि पत्ता लगाउन सकिन्छ ।

मनमा भएको प्रेमलाई व्यक्त गर्दा, चुम्बन गर्दा वा यौन सम्पर्क गर्दा नयाँ शैली अपनाउँदा तपाईलाई रमाइलो हुन्छ । तर अचानक यस्तो शैली आफ्नो पार्टनरले अपनाउनु भनेको यसलाई कही न कही बाट सिकेर हो । नयाँ शैलीलाई साथीहरुले भनेको सुनेर, इन्टरनेटमा हेरेर वा कतै पढेर पनि सिकेका हुन सक्दछन्, यसमा कुनै आपत्ति भएन । तर नयाँ सेक्स पार्टनरले सिकाएको पनि हुनसक्दछन् । यसबारे बुझ्नु पर्दछ । र कारण बुझ्न शंका नगरिकन पनि सोध्न सक्नुहुन्छ । तर आफ्नो पार्टनरले अनकनाएर जवाफ दिएमा केही न केही खरावी छ भनेर बुझ्नु पर्ने हुन्छ ।

त्यस्तै पार्टनरले पहिला जस्तो यौन चाहना नदेखाउने भएमा केही गडबडी छ भनेर बुझ्नुपर्दछ । यसका अन्य कारण पनि होलान् तर अचानक यौन इच्छामा कुनै चासो नराख्नु भनेको उनीहरु अरुसँगै यौन सन्तुष्टि लिएका छन् भन्ने संकेत पनि गर्दछ । तर आफू निश्चित नभइकन केही कुरालाई पनि शंका गर्नुहुदैन ।

३. सरप्राइज गिफ्ट

गिफ्ट दिंदा सबैलाई खुसी लाग्छ तर त्यही गिफ्टमा गहन पक्ष पनि लुकेको हुन् सक्छ । त्यसतर्फ ख्याल गर्नुपर्ने हुन्छ । तपाइको पार्टनरले गिफ्ट दिंदा शंका गर्नुपर्ने केही कारण छैन तर अचानक सरप्राइज गिफ्ट ल्याए भने शंका गर्ने ठाउ हुन्छ ।

हुन् त सरप्राइज गिफ्टमा जति मज्जा हुन्छ अरुमा हुन्न तर भन्न खोजिएको के भने तपाइको पार्टनरले तपाईलाई भनेर ल्याई दिएको गिफ्ट अरु कसैले तपाइको पार्टनरलाई पो दिएका हु कि ! यदी तपाइको पार्टनरले एकै अबसरमा दुई/तीन थरि अथवा दुई/तीन ओटा गिफ्ट ल्यायो भने दालमा कुछ काला है ।

४. ढिलो जवाफ फर्काएमा

हरेकका लागि प्रियसी सबैभन्दा नजिकका पात्र हुन्छन । जतिसुकै ब्यस्त भए पनि जीवनसाथीको जिज्ञासा र केयर सबैका लागि प्राथमिक कुरा हो तर तपाइको जिज्ञासामा तपाइको प्रियसीको जवाफ ढिलो आयो भने त्यसमा केही गडबड छ भन्ने बुझ्न सकिन्छ । यो अबस्थामा कि तपाइको जिबनसाथी अर्कैसंग सल्केको छ कि त तपाईप्रतिको माया घटेको छ ।

५. फोनमा पासवर्ड 

तपाइको पार्टनरको फोनमा पासवर्ड छ र तपाईलाई पासवर्ड दिदैन भने गडबडको संकेत गर्छ । आफ्नो पार्टनरको फोनमा के छ भनेर कहिल्यै नहेरेको अवस्थामा पनि एकाएक फोनमा स्क्रिन लक गर्नु भनेको पार्टनरले तपाईलाई धोका दिएको संकेत हो ।

६. ढिलो घर फर्केमा 

ढिलो घर आउदैमा शंका गरि हाल्नु पर्ने होइन । किनकी संघर्ष नै सफलताको सूचक हो । तर अनुपयुक्त बहानाबाजीमा सधै ढिलो घर आउछ भने त्यहाँनेर शंका गर्ने ठाउँ रहन्छ । by bizpati.

 

फेसबुकबाट तपाईको प्रतिक्रिया