तय भयो फर्स्ट माइक्रोफाइनान्सको हकप्रदको लागि बुक क्लोज मिति

बिजनेसपाटी २० चैत्र

५० प्रतिशत हकप्रदको लागि फर्स्ट माइक्रो फाइनान्सको बुक क्लोज मिति तय भएको छ । माइक्रो २ बराबर १ अर्थात् ५० प्रतिशतका दरले हकप्रद बिक्रि गर्ने लागेको हो । हकप्रद निष्काशन प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज मिति तय भएको छ । अर्थात् चैत्र २९ गतेसम्म कायम शेयरधनिले हकप्रद प्राप्त गर्न सक्ने छन् ।  फर्स्ट माइक्रोफाइनान्सको गत असोज १९ मा बसेको ७ औं बार्षिक साधारणसभाले ५० प्रतिशत हकप्रद बिक्रि गर्ने प्रस्ताब पारित गरेको थियो।

सेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा माइक्रोफाइनान्सको ग्लोबल आइएमई क्यापिटल रहेको छ।  माइक्रोफाइनान्सले प्रति कित्ता १ सय रुपैयाँका दरले १३ करोड २२ लाह ५० हजार रुपैयाँ बराबरको १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद बिक्रि गर्न लागेको हो।  ५० प्रतिशत हकप्रद बिक्रि तथा बितरण पश्चात माइक्रोफाइनान्सको चुक्ता पुंजी ३९ करोड ६७ लाख रुपैयाँ पुग्ने छ।  माइक्रोफाइनान्सको हाल चुक्ता पुंजी २६ करोड ४५ लाख रुपैयाँ रहेको छ।  चालु आर्थिक बर्षको यस अवधिमा माइर्को फाइनान्सले ३ करोड ३६ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया