तराइमा देखिन थाले सलह किरा, किसान त्रसित

काठमाडौं १३ असार २०७७।

नेपालमा पनि सलह कीरा प्रवेश गरेको छ । भारत हुँदै आएको सलह किरा शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ लगायत क्षेत्रमा देखिएको कृषि ज्ञान केन्द्र बाराका जितेन्द्र यादवले पुष्टि गरे । भारतसँग सीमा जोडिएका पर्सा, बारा र सर्लाहीका केही ठाउँमा पनि शनिबार  सलह कीराका समूह देखिएको हो।  यसबारे थप विवरण लिने काम भइरहेको छ । सलहको नेपाल प्रवेशसँगै गरिव किसान त्रसित बनेका छन् ।

यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्ष सहितको प्रतिवेदन तयार गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया