तराई मधेश खानेपानीका लागि रु एक अर्ब ४९ करोड विनियोजन

काठमाडौँ ११ फागुन

-तराई क्षेत्रमा शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ । खानेपानी तथा ढल निकास विभागले तराईका २२ जिल्लालाई लक्षित गरेर उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो । विभागका सूचना अधिकारी शेखर केसीले यो आर्थिक वर्षमा तराई मधेश खानेपानी सम्बन्धमा ८६ योजनाको सर्वेक्षण भइरहेको जानकारी दिनुभयो ।

“तराईका जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि विस्तृत अध्ययन गरेर तथ्यांक निकाल्ने काम गरिरहेका छौँ,”– उहाँले भन्नुभयो ।

यस्तै, विभागले कुनैकुनै स्थानमा बोलपत्र आह्वान गरी बोरिङ खन्ने काम र वरपर पर्खाल लगाउने काम भइरहेको केसीले बताउनुभयो । सरकारले तराई मधेश खानेपानीका लागि रु एक अर्ब ४९ करोड ६९ लाख रकम विनियोजन गरेको छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया