तर, ह्यारी तिमी आयौ (कविता)

सगिता सुबेदी गौतम

जो,जो पुग्नुपर्ने थियो
उ,उ पुग्न सकेन
किनकि उसको दिल
उस्को मनहरु
खै,
कता रुमलिएको थियो
कुन्नि कता,
बहकिएको थियो
देख्दा देख्दै भुकम्पको
त्यो,चोटहरुमा
मलम बन्न सकेन
आशाको किरणहरु
छर्न सकेन
जो नजिक थियो

harry

यसैमा,
भुगोल टाडा त थियो
तर,ह्यारी तिमी आयौ
हो मेरो देश
हाम्रो देश नेपाल
आफ्नो सबै सुख अनि
सुबिधा थाति राखी
तिमी आयौ
तिमीलाई स्वागत छ
धन्यबाद छ
किनकी तिमी नमुना बन्यौ
सुन्दैछु,
कहिले लमजुङ त
कहिले गोर्खा पुग्यौरे
भुकम्पको त्यो बिनाशमा
तिमी आफै जुटयौरे
भन्नेले के भन्छन् कुन्नि
इतिहासको पाना पल्टाइ
तिमीलाइ म सम्मान गर्छु
हृदय देखि नै
यतिबेला ह्यारी तिमी
साच्चिनै
कसैको ह्यारी,
कसैको हरि त
कसैको प्यारा भयौ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया