ताप्लेजुङको फक्त्ताङलुङमा जनबता बैकको नयाँ शाखा

बिजनेसपाटी ११ मंसिर ।
जनता बैंक नेपाल लिमिटेडले सुदुर पूर्वको जिल्ला ताप्लेजुङको अति विकट गाउँपालिका फक्त्ताङलुङ गाउँपालिकामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । फक्त्ताङलुङ गाउँपालिका वडा नं. ५ तापेथोकमा संचालनमा ल्याइएको यो शाखा बैंकको १२७ औं शाखा हो ।

तिब्बतसँग सिमाना जोडिएको ओलाङचुङगोला सहित साविक ७ गा.वि.स. मिलाएर बनाइएको यस गाउँपालिका भौगोलिक हिसावमा ताप्लेजुङकै सबैभन्दा ठूलो र बिकट गाउँपालिका हो । यस क्षेत्रका व्यापारी, उद्यमी र सर्बसाधारण तथा सरकारी निकाय समेत यस शाखा मार्फत देशको बाँकी क्षेत्रमा वित्तीय संजालमा जोडिन सफल हुने बैकले जनाएको छ । ग्राहकहरुले अन्य शाखाहरुबाट जस्तै यस शाखाबाट पनि निक्षेप, कर्जा, रेमिट्यान्स सेवा लगाएत सम्पूर्ण आधुनिक बैंकिङ् सेवा प्राप्त गर्न सक्नेछन् ।

यो संगै बैंकको देशभरीमा शाखा संजाल १२७ पुगेको छ । साथै ७२ एटिएम, २ एक्स्टेनसन काउन्टर र ४५ शाखा रहित बैंकिङहरुबाट करिब ६ लाख ग्राहकहरुलाई बैंकिङ सेवा प्रबाह भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया