तालिबानले भन्यो अमेरिकालाई थप क्षती

ऐजेन्सी २३ भदौ

तालिबानले अफगान शान्ति वार्ताबाट पछि हटेकोमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको निर्णयको आलोचना गर्दै यसले अमेरिकालाई थप क्षती हुने बताएका छन् ।

तालिबानले एक बयान जारी गदै यो निर्णयले अपरिपक्वता र अनुभवको कमीलाई दर्साउने बताएको छ । उनीहरुले अन्तिम समयसम्म सबैकुरा राम्रै भइरहेको दाबी गरेका छन् ।

अमेरिकी राष्ट्रपतिले आइतबार क्याम्प डेविडमा तालिबानका वरिष्ठ नेता र अफगानिस्तानका राष्ट्रपति अशरफ गनीसँग भेटवार्ता हुनुथियो तर त्यसको एक दिन अघि ट्रम्पले ट्वीट गरेर बैठक रद्द गरे । ट्रम्पले तालिबान र अफगान सरकारसँग अलग अलग भेट हुने कार्यक्रम निश्चित थियो किनभने तालिबानले अफगान सरकारलाई अमेरिकाको कठपुतली भन्छ र उससँग प्रत्यक्ष कुराकानी अस्विकार गर्छ ।

यद्यपि, अफगानिस्तानको सरकारले अमेरिकाको यो निर्णयलाई स्वागत गर्दै यसलाई सही समयमा उठाइएको सही कदम बताएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया