तिमी भित्र अहंकार बलेको छ आज (गजल )
तिमि भित्र अहंकार बलेको छ आज
मित्रताको धरहरा ढलेको छ आजपरिश्रमले चुलिएको प्यारो स्मारकमा
पथ्थरको शालिक पनि गलेको छ आजदुनो सबको सोझै भयो फलिफाप सबको
नियतीले मलाई मात्रै छलेको छ आजआगत तिम्रो आकाशियो विगत विर्सिदियौ
तिम्रै तालुमाथी आलु फलेको छ आजपायौ साथ, हात तिमी विर्सिदियौ रात
चन्द्रविना औसी पनि चलेको छ आज
-नवराज तिमल्सीना, चितवन माडी
फेसबुकबाट तपाईको प्रतिक्रिया