तीन कम्पनीको सेयर सुचीकृत

बिजनेसपाटी २५ भाद्र

गत साता नेपाल स्टक एक्सचेञ्जमा तीन कम्पनीको कुल २२ लाख ४० हजार १८६ कित्ता सेयर सूचीकृत भएका छन् । दुई कम्पनीको हकप्रद तथा एक कम्पनीको बाेनस सेयर सूचीकृत भएको हो ।

सेयर सूचीकृत गराउने कम्पनीहरुमा सबैभन्दा बढी सहयोगि विकास बैंकले ११ लाख कित्ता बढी हकप्रद सेयर सूचीकृत गराएको छ भने पूर्णिमा विकास बैंकले ८ लाख १४ हजार कित्ता हकप्रद सेयर सूचीकृत गराउँदा कालिका माइक्रोक्रेडिट लघुवित्तले ३ लाख २५ हजार कित्ता बाेनस सेयर सूचीकरण गराएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया