तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा

काठमाडौं १६, माघ २०७९।

नेपाल स्टक एक्सचेञ्जले मर्जरका कारण रोकिएका तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुँरास लाइफ इन्स्योरेन्सकोे शेयर फुकुवा गरेको हो ।

एकिकृत कारोबापछि बढीमा १५ कारोबार दिन पुनः रोक्का हुनेगरी नेप्सेले आधारभुत शेयरधनी बाहेकको शेयर फुकुवा गरेको हो । कारोबार फुकुवा भएसँगै आठ महिनादेखि रोक्का रहेको यी कम्पनीको शेयर कारोबारमा आउनेछ ।

यी तीन ओटै कम्पनी एक आपसमा मर्जरमा जान समझदारी पत्रमा हस्ताक्षर भएसँगै गत जेठ ३ गते देखि शेयर कारोबार रोक्का भएको थियो । मंगलवारदेखिनै यी कम्पनीको शेयर कारोबारमा आउने नेप्सेको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया