तीन ब्रोकरलाई शाखा खोल्न नेप्सेको निर्देशन

बिजनेसपाटी ९ चैत्र

नेप्सेले ३ ब्रोकरलाई तत्काल शाखा खोल्न निर्देशन दिएको छ।  स्थान र ब्रोकर नै तोकेर तत्काल शाखा खोल्न नेप्सेले निर्देशन दिएको हो ।  नेप्सेले सनि सेक्युरिटिज प्रा.लिलाई नारायणगढ, भिजन सेक्युरिटिज प्रा.लिलाई बनेपा र श्रीहरी सेक्युरिटिज प्रा.लि.लाई बिर्तामोडमा शाखा खोल्न निर्देशन दिएको हो ।  लगानीकर्तालाई सेवा उपलब्ध गराउन ति ब्रोकरलाई आवश्यक लिंक उपलब्ध गराईसकेको हुँदा नेप्सेले अबिलम्ब कारोबार संचालन गरी सो को जानकारी नेपाल धितोपत्र बोर्डलाई  उपलब्ध गराउन निर्देशन दिएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया