तेलको मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं १६ मंसिर ।
तेलको मूल्य विश्व बजारमै खँस्कदै गएपछि तेल उत्पादक राष्ट्रहरुको संगठन ओपेकले तेलको मूल्य बढाउने उद्देष्यले यसको आपुर्तीमा कटौती गर्न सहमत भएको बीबीसीले जनाएको छ । बिगत ८ वर्षको अन्तरालमा पहिलोपटक यस्तो निर्णय गरेको बताइएको छ ।
ओपेकका अध्यक्ष मोहम्मद विन सालेहका अनुसार जनवरीबाट लागु हुने गरि प्रतिदिन १.२ मिलयन ब्यारेल तेलको आपूर्ति कटौति गर्नेछ ।
बताइएअनुसार विगत दुई वर्षमा यसको मूल्य घटिरहेको र यो सन् २०१४को मूल्यको आधामा पूगेको बताइएको छ ।
यसैबीच ओपेकको यस्तो निर्णय सार्बजनिक भएपछि कच्चा तेलको मूल्यमा १० प्रतिशत बृद्धि भएर ५१.९४ डलर प्रति ब्यारेल पुगेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया