तेस्रो सेन्चुरी बैंक कर्पोरेट क्रिकेट बुधबारदेखि, कुन कुन समुहमा को को ? (सुची सहित )

बिजनेसपाटी २ कार्तिक

तेस्रो सेन्चुरी बैंक कर्पोरेट सुपर सिक्स क्रिकेटमा १९ टिमले सहभागिता जनाउने भएका छन् । एसएस इभेन्टस् प्रालिको आयोजनामा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बुधबार सुरु हुने प्रतियोगिता पाँच दिनसम्म चल्नेछ ।

सहभागी टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । त्यसबाट समूह विजेता टोली सोझै प्रिक्वाटरफाइनल पुग्नेछ । त्यस्तै ६ समूहको उत्कृष्ट दुई उपविजेता टोली पनि नकआउट चरण पुग्नेछन् । सहभागी टोलीमा १३ बैंक, १ मिडिया हाउस र ५ कर्पोरेट हाउस छन् ।

समूह ‘ए’ मा माछापुच्छ्रे बैंक, प्रभु बैंक र नविल बैंक, समूह ‘बी’ मा आईसीएफसी फाइनान्स, एनएमबी बैंक, एनआईसी एसिया बैंक र सेन्चुरी बैंक, समूह ‘सी’ मा निम्बस, कान्तिपुर मिडिया ग्रुप र ज्योति विकास बैंक तथा समूह ‘डी’ मा मेगा बैंक, कुमारी बैंक र एनसीसी बैंक छन् ।

त्यस्तै, समूह ‘इ’ मा सिप्रदी, नेपाल टेलिकम र रुस्लान क्रिकेट समूह ‘एफ’ मा दुई वर्षअघि पहिलो संस्करणको विजेता सिभिल बैंक, सुबिसु र नेपाल एसबीआई बैंक छन् । गत वर्ष सिप्रदीले नविल बैंकलाई हराएर प्रतियोगिता जितेको थियो । कान्तिपुरमा समाचार छ

सेन्चुरी बैंकले प्रतियोगितालाई तेस्रो वर्ष प्रायोजन गर्दै छ । ‘स्थापनाकालदेखि सेन्चुरी बैंकले खेलकुद क्षेत्रलाई प्रोत्साहन गर्न लगानी गर्दै आएको छ, अहिले क्रिकेटसँग हाम्रो ब्रान्ड जोडिएको हेर्दा उत्प्रेरणा मिल्छ,’ सेन्चुरी बैंकका उप कार्यकारी अधिकृत जीवन भट्टराईले भने ।

प्रतियोगितामा टीभी अम्पायर र टीभी रिप्ले पनि राखिएको छ । एसएस इभेन्टसा प्रमुख कार्यकारी रमन शिवाकोटीले प्रतियोगितालाई उत्कृष्ट कर्पोरेट प्रतियोगिताको रूपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने बताए । राष्ट्रिय क्रिकेट खेलाडी सुवास खकुरेल प्रतियोगिताका ब्रान्ड एम्बासडर हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया