तेह्रथुम पावर कम्पनीको आईपीओ बाँडफाँड

काठमाडौं २५, भदौ २०७८

तेह्रथुम पावर कम्पनीले सर्वसाधारणको लागि जारी गरेको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ। बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलमा शुक्रबार आईपीओ  बाँडफाँट भएको हो।क्यापिटलका अनुसार योग्य आवेदकहरुमध्ये ७४ हजार ४०० जनालाई १० कित्ताका दरले शेयर बाँडफाँटगरिएको छ।

कम्पनीले भदौ ९ गते देखि १३ गतेसम्म ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो। कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल २ करोड ७८ हजार ४०० कित्ता शेयरका लागि आवेदन दिएका थिए। सोमध्ये २३ लाख ४६ हजार ६२७ आवेदकको आवेदन स्वीकृत भएको छ भने ८ हजार ८२० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ।

प्रतिसेयर अंकित मूल्य १ सयका दरले ८ लाख कित्ता सर्वसाधारण समूहको सेयर निस्कासन भएको थियो।यसको ५ प्रतिशत सामुहिक लगानी कोषका लागि र २ प्रतिशत कर्मचारीका लागि छुट्याएपछि बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि बाँडफाँट भएको हो। 

फेसबुकबाट तपाईको प्रतिक्रिया