त्रिपक्षीय सहकार्य आवश्यक -चीन

काठमाडौँ ३ कार्तिक

चीनले नेपाल र भारतसँग सहकार्य गर्दै अघि बढ्दा आर्थिक विकास र क्षेत्रीय स्थायित्वमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेको छ । बेइजिङस्थित विदेश मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता हुअ चुनयिङले भारतको गोवामा भएको त्रिपक्षीय भेटबारे सोधिएको प्रश्नको जवाफ दिँदै उक्त कुरा बताएकी हुन । आजको कान्तिपुरमा खबर छापिएको छ ।

‘हामी विश्वास गर्छौ,द्धिपक्षीय सम्बन्धमा तीन जोडीहरु(चीन-नेपाल,चीन-भारत र नेपाल-भारत)बीचको सकरात्मक अन्तक्र्रियाले तीन देशको आर्थिक र सामाजिक विकासलाई मात्र प्रवद्र्धन गर्दैन,क्षेत्रीय स्थायित्व र विकासमा समेत योगदान पु¥याउछ,’प्रवक्ता हुअले भनिन्, ‘हामी भारत र नेपालसँग त्रिपक्षीय सहकार्य कसरी भन्नेबारे पहिल्याउन चाहान्छौं,ताकि तीन देशको साझा विकास अगाडि बढाउन सकियोस् ।’

 

फेसबुकबाट तपाईको प्रतिक्रिया