थपिए चार अर्ब सात करोडका सेयर
बिजनेसपाटी ६ जेस्ठ
यो साता नेपाल स्टक एक्सचेन्जमा ४ अर्ब ७ करोड ९५ लाख रुपैयाँका सेयर थपिएका छन् । ७ वटा कम्पनीका २ करोड ९३ लाख ५० हजार ४३ कित्ता बोनस, ६ वटा कम्पनीका ८५ लाख ८६ हजार ८ सय ४२ कित्ता हकप्रद र एउटा कम्पनीको २५ लाख ५८ हजार १ सय ४० कित्ता साधारण सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । प्राइम कमर्सियल बैंकका मात्र यो साता ८५ लाख २२ हजार १ सय ३ कित्ता सेयर नेप्सेमा थपिएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया